इरानसँगको युद्ध तीन हप्ताभित्रै सकिने ट्रम्पको दाबी, लक्ष्य पूरा भएको जिकिर
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १८ बुधबार
2k
Shares
वाशिंगटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध आगामी २ देखि ३ हप्तामा समाप्त हुन सक्ने बताएका छन् । उनले अमेरिकाले आफ्नो लक्ष्य हासिल गरेको र कारबाही अन्तिम चरणमा रहेको दाबी गरेका छन् ।
मंगलबार राति ह्वाइट हाउसको ओभल अफिसमा ट्रम्पले अमेरिकाको लक्ष्य इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु रहेको र त्यो पूरा भएको बताए । उनले भने, 'यदि सम्झौता भयो भने युद्ध अझ पहिले नै समाप्त हुन सक्छ ।'
ट्रम्पले भने कि हर्मुजको जलडमरूम खुला राख्नु अमेरिकाको जिम्मेवारी होइन। अन्य देशहरूले आफ्नो हितको रक्षा गर्नुपर्छ । अर्कोतर्फ चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानी विदेशमन्त्री इशाक दारले बेइजिङमा भेट गरेपछि पाँच बुँदे योजना जारी गरेका छन् । यसको उद्देश्य इरानसँग युद्ध रोक्नु हो ।
यी हुन् चीन-पाकिस्तानको ५-बुँदे युद्धविराम योजनाः
लडाईं तुरुन्तै बन्द गरिनुपर्छ र युद्ध बढ्नु हुँदैन।
सबै देशहरूको सुरक्षालाई ध्यानमा राखेर शान्ति वार्ता सकेसम्म चाँडो सुरु गर्नुपर्छ।
नागरिक र नागरिक क्षेत्रहरूमाथि आक्रमण बन्द गर्नुपर्छ।
हर्मुज जलडमरूलाई सुरक्षित राख्नुपर्छ।
संयुक्त राष्ट्र संघका नियमहरू अनुसार शान्ति सम्झौतामा पुग्नुपर्छ।