arrow

गृहमन्त्रीले कसैको दबाब र प्रभावमा नपरी काम गर्नुपर्छ: महावीर पुन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २२ आइतबार
mahabir-pun-12-22.jpg

काठमाडौँ । सांसद महावीर पुनले गृहमन्त्री सुधन गुरुङलाई कसैको दबाब र प्रभावमा नपर्न सुझाव दिएका छन्। आइतबार सांसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो सुझाव दिएका हुन् ।

विगत पार्टी र पार्टी नेतृत्वको प्रभावकै कारण गृहमन्त्रीले प्रभावकारी काम कारबारही गर्न नसकेको उनको भनाइ छ । उनले मुलुकमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने सन्दर्भमा गृहमन्त्री गुरुङले थालेको अभियान प्रसंशनीय रहेको पनि बताए।

उनले भने, ‘पहिले गृहमन्त्रीले कसैलाई कारबाही गर्न खोजे पनि दलका प्रमुख नेताहरुको दबाबमा गृहमन्त्रीले पनि गर्न सक्दैन्थ्यो । त्यसैले गृहमन्त्रीले कसैको पनि दबाबमा पर्नु भएन । राम्रो काम गर्नुपर्यो । तदारुकता साथ अपराधिक कार्यमा संलग्नलाई कारबाही गर्नुपर्यो ।’

उनले संसदमा आफू प्रतिपक्षी भएकै कारण राजनीतिक स्वार्थ पूर्तिमा संलग्न नहुने बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ