arrow

नयाँ वर्षमा बेकोको अफर: ७० हजारसम्म क्यासब्याक र ‘स्योर सट गिफ्ट्स’

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २४ मंगलबार
cg-electronic-beko-news-year-offer-april-2026.jpg

काठमाडौँ। नयाँ वर्ष २०८३ को अवसर पारेर युरोपको अग्रणी ‘होम अप्लायन्स’ ब्रान्ड ‘बेको’ले नेपाली ग्राहकहरूलाई लक्षित गर्दै विशेष छुट तथा उपहार योजना सार्वजनिक गरेको छ। ‘ह्याप्पी इयर बिगिन्स विथ बेको’ भन्ने सन्देशका साथ ल्याइएको यस अभियानले ग्राहकको नयाँ वर्षको सुरुवातलाई अझ स्मार्ट, सहज र आधुनिक बनाउने लक्ष्य राखेको कम्पनीले जनाएको छ।

यस योजनाअन्तर्गत ग्राहकहरूले बेकोका विभिन्न होम अप्लायन्स खरिद गर्दा ७० हजार रुपैयाँसम्मको आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यसका साथै, हरेक सामानको खरिदमा ‘स्योर सट गिफ्ट्स’को व्यवस्था गरिएको छ, जसबाट ग्राहकले तत्कालै अतिरिक्त लाभ लिन सक्नेछन्।

कम्पनीका अनुसार ‘वासिङ मेसिन’को खरिदमा ६ केजी ‘एरियल’ डिटर्जेन्ट, ‘डिशवासर’मा २ वटा ‘वासिङ ट्याब्लेट्स’, ‘फ्री स्ट्यान्डिङ ओभन’को खरिदमा ‘सिजी प्रेसर कुकर’ तथा ‘एयर कन्डिसनर’मा ‘फ्री इन्स्टलेसन’को सुविधा उपलब्ध गराइनेछ। यस योजनाले ग्राहकहरूको दैनिक जीवनलाई थप सहज र सुविधाजनक बनाउने कम्पनीको विश्वास छ।

बेकोले आफ्ना उत्पादनहरूमा गुणस्तर र अत्याधुनिक प्रविधिलाई उच्च प्राथमिकतामा राख्दै आएको छ। कम्पनीले १०० प्रतिशत ‘पार्ट्स एभाइलेबिलिटी’ र ‘सर्भिस ग्यारेन्टी’, ‘स्मार्ट होमविज ब्लुटुथ कनेक्टिभिटी’का साथै १२ वर्षसम्मको ‘वारेन्टी’ जस्ता उत्कृष्ट सुविधाहरू प्रदान गर्दै ग्राहकको विश्वास जित्न सफल भएको छ। युरोपको नम्बर १ होम अप्लायन्स ब्रान्डका रूपमा स्थापित बेकोले पछिल्लो समय नेपाली बजारमा पनि आफ्नो बलियो उपस्थिति जनाउँदै आएको छ।

यसका अतिरिक्त, ग्राहकहरूलाई थप सुविधा दिन ‘सिजी इलेक्स’मार्फत सजिलै ०% (शून्य प्रतिशत) ‘इएमआई’ सुविधा उपभोग गर्न सकिने व्यवस्था पनि मिलाइएको छ। न्यूनतम कागजी प्रक्रियासहित “नागरिकता भए पुग्छ” भन्ने सरल नीतिका कारण ग्राहकलाई सामान खरिद गर्न अझ सहज र झन्झटमुक्त भएको छ।

‘सिजी इलेकट्रोनिक्स’मार्फत देशभर उपलब्ध बेकोका यी आकर्षक अफरहरू सीमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ। तसर्थ, आफ्ना नजिकका आधिकारिक शोरुम वा डिलरमार्फत छिटो खरिद गरी यस योजनाको लाभ उठाउन कम्पनीले सम्पूर्ण ग्राहक वर्गमा आग्रह गरेको छ। नयाँ वर्षको सुरुवातलाई बोकोसँगै अझ स्मार्ट र विश्वसनीय बनाउन कम्पनीको सुझाव छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ