arrow

ओली-लेखकले ‘जेन-जी आन्दोलन’ मा भएको त्रुटि स्वीकार्नुपर्छ: महावीर पुन [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २४ मंगलबार
mahabir-pun-24-12.jpg

काठमाडौँ । सांसद महावीर पुनले ‘जेन-जी आन्दोलन’का क्रममा भएको घटनाबारे तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले जिम्मेवारी स्वीकार गर्नुपर्ने बताएका छन् ।

मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै पुनले उक्त घटनामा प्रत्यक्ष रूपमा आदेश नदिएको भए पनि सरकारको नेतृत्वमा रहेकाले नैतिक जिम्मेवारी लिनुपर्ने धारणा राखे ।

उनले तत्कालीन गृहमन्त्री रमेश लेखकसहित सम्बन्धित नेतृत्वले मातहतका निकायबाट भएको त्रुटि स्वीकार गर्दै आवश्यक परे सार्वजनिक रूपमा माफी माग्न हिच्किचाउन नहुने बताए ।

पुनका अनुसार नेतृत्व तहमा बसेकाले आफ्ना मातहतका निकायबाट भएका कमजोरीको जिम्मेवारी लिनु नै जवाफदेहिता र सुशासनको आधार हो ।

फरक प्रसंगमा उनले संसदमा उठाइएका जनसरोकारका विषयहरू सम्बोधन गर्दै अघि बढ्नु सरकारको दायित्व भएको उल्लेख गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ