एलजी इलेकट्रोनिक्सद्वारा 'एलजी इनोफेस्ट २०२६ एपेक' मा एसियाका लागि नवप्रवर्तन र वृद्धि रणनीति प्रदर्शन
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २८ शनिबार
621
Shares
सियोल। एलजी इलेकट्रोनिक्स (एलजी) ले कोरियाको बुसानमा अप्रिल ७ देखि १० सम्म आयोजित 'एलजी इनोफेस्ट २०२६ एपेक' मा एसिया-प्यासिफिक बजारका लागि आफ्नो नवप्रवर्तन र वृद्धि रणनीति प्रस्तुत गरेको छ। यस कार्यक्रममा एसियाली उपभोक्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै तयार पारिएका क्षेत्र-विशेष 'लन्ड्री', 'किचेन'र 'बिल्ट-इन' उत्पादनहरूका साथै कम्पनीको 'एआई होम भिजन' प्रदर्शन गरिएको छ।
'इनोभेसन, फरवार्ड टुगेदर' नाराका साथ आयोजना गरिएको यो कार्यक्रम एलजीको २०२६ इनोफेस्ट शृङ्खलाको भव्य समापन हो। यसमा एसिया-प्यासिफिक क्षेत्रका करिब २० देशका २०० भन्दा बढी प्रमुख साझेदार र सञ्चारकर्मीहरूको सहभागिता रहेको छ। यस कार्यक्रमले क्षेत्रीय साझेदारहरूसँगको सहकार्यलाई बलियो बनाउँदै एसियामा एलजीको निरन्तर वृद्धिलाई समर्थन गर्ने तथा 'एआई' द्वारा सञ्चालित सोलुसनहरूसहित 'होम इनोभेसन' को दीर्घकालीन दिशा तय गर्ने कम्पनीले जनाएको छ। प्रदर्शनीले 'के-टेक' नवप्रवर्तनको प्रयोग गर्दै एसियाली बजारका लागि व्यावहारिक र स्थानीय रूपमा सान्दर्भिक 'होम सोलुसन' कसरी प्रदान गर्छ भन्ने कुरा प्रस्तुत गरेको छ।
'क्लदिङ केयर सोलुसन' को नयाँ पुस्ता
एलजीले एसियाली घरहरूका लागि तयार पारिएको नयाँ २५ इन्चको 'वासटावर' सहित आफ्नो लन्ड्री पोर्टफोलियो विस्तार गरेको छ।
नयाँ 'टप-लोड वासर' मोडेलहरूमा 'आर्टिफिसियल इन्टेलिजेन्स डाइरेक्ट ड्राइभ' प्रविधि जडान गरिएको छ, जसले कपडाको प्रकार र फोहोरको स्तरको आधारमा 'वास मोसन' लाई अप्टिमाइज गर्छ।
यसमा रहेको 'टर्बोवास थ्रीडी' प्रविधिले ३० मिनेटभन्दा कम समयमा पूर्ण साइकल पूरा गर्छ।
यसमा जडित स्वचालित डिस्पेन्सरले प्रत्येक लोडका लागि डिटर्जेन्ट मापन गरी हाल्ने काम गर्छ, जसले बारम्बार रिफिल गर्नुपर्ने झन्झटलाई कम गर्छ
नयाँ 'एलजी वासकम्बो' ले 'इन्भर्टर हिटपम्प' प्रविधिमार्फत स्थिर र प्रभावकारी ड्राइङ प्रदान गर्दै 'अल-इन-वान'मोडेलको रूपमा एलजीको सोलुसनलाई थप बलियो बनाएको छ।
एलजीले व्यावसायिक लन्ड्री सोलुसन पनि प्रस्तुत गरेको छ र छिट्टै नयाँ कमर्सियल वासर-ड्रायर 'हिटपम्प कम्बो' सार्वजनिक गर्ने तयारी गरेको छ।
प्रत्येक जीवनशैलीका लागि 'स्मार्ट किचेन सोलुसन'
एलजीले एसियाभरिका विविध जीवनशैली र आवास स्थितिलाई प्रतिबिम्बित गर्न डिजाइन गरिएका नयाँ रेफ्रिजरेटर सोलुसनहरू सार्वजनिक गरेको छ।
नयाँ 'फिट एन्ड म्याक्स' डिजाइनमा 'जिरो क्लियरेन्स हिन्ज' रहेको छ, जसले कम्प्याक्ट भान्साहरूमा भण्डारण क्षमता बढाउँछ।
कम्पनीको उन्नत 'आइस सोलुसन'ले 'क्राफ्ट आइस', 'क्रस्ड', 'क्युब्ड' र 'मिनी क्राफ्ट' गरी चार वटा विकल्प प्रदान गर्दछ।
नवीनतम डिशवासरमा 'क्वाडवास प्रो' र 'डाइनामिक हिट ड्राइ प्लस' प्रविधिहरू समावेश छन्, जसले एक घण्टाको विशेष 'वास एन्ड ड्राइ' साइकलमार्फत उत्कृष्ट सफाइ प्रदान गर्छ।
दक्षिण पूर्वी एसियाली बजारहरूका लागि एलजीले 'क्यामेरा ओभन' सहितको 'बिल्ट-इन किचेन कलेक्सन' ल्याउनेछ, जसले भित्र रहेका सामग्री पहिचान गरी इष्टतम 'कुकिङ मोड' सिफारिस गर्दछ।
'इमर्सिभ' प्रदर्शनी अनुभव र 'एआई होम'
प्रदर्शनीमा तीन वटा छुट्टाछुट्टै जोनहरू निर्माण गरिएका छन्, जसको डिजाइन क्षेत्रभरि लोकप्रिय रहेका 'कोरियन ड्रामा' बाट प्रेरित छ । यी जोनहरूमा 'थिङ्क अन' नामक 'एआई होम हब' द्वारा सञ्चालित एलजीका 'एआई-इनेबल्ड' उपकरणहरू र 'आईओटी' डिभाइसहरू प्रस्तुत गरिएका छन्, जसले एकीकृत होम अनुभव प्रदान गर्छन्। 'थिङ्क अन' लाई अस्ट्रेलिया र थाइल्याण्डबाट सुरु गरी एसियाभर चरणबद्ध रूपमा भित्र्याइने योजना छ।
साथै, एलजीले मलेसिया, थाइल्याण्ड, ताइवान, सिङ्गापुर र भियतनाम जस्ता प्रमुख सहरी बजारहरूमा 'एलजी सब्स्क्राइब' सेवा पनि विस्तार गर्दै छ।
एलजी इलेकट्रोनिक्स एसिया प्यासिफिकका क्षेत्रीय सिइओ जेसुङ किमले भने, "एसिया हाम्रो सबैभन्दा गतिशील र महत्त्वपूर्ण बजारहरूमध्ये एक हो र इनोफेस्ट २०२६ ले हाम्रा साझेदारहरूसँग जोडिने र भविष्यको दृष्टिकोण साझा गर्ने मूल्यवान् अवसर प्रदान गर्दछ। हाम्रो प्रविधि नवप्रवर्तनको जगमा उभिएर, हामी स्थानीय जीवनशैलीलाई प्रतिबिम्बित गर्ने एआईद्वारा सञ्चालित होम सोलुसनहरूलाई अगाडि बढाइरहेका छौँ।"