arrow

भिरबाट लडेर महिलाको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत २९ आइतबार
death-picture.jpg

काठमाडौँ। मकवानपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

हेटौंडा उपमहानगरपालिका-१४ नयाँबस्तीटोल निवासी ३५ वर्षीया सन्तोषी वाइवाको भिरबाट लडेर मृत्यु भएको हो ।

शनिबार बिहान ९ बजे घाँस काट्न जाने भन्दै घरबाट निस्किएकी उनी अबेरसम्म नफर्किएपछि परिवारजनले खोजी शुरू गरेका थिए ।

खोजतलासका क्रममा माइती घरदेखि करिब २०० मिटर दक्षिणतर्फ रहेको खहरे खोलानजिकको सिमलटार क्षेत्रको भिरबाट करिब ५०-६० मिटर तल गम्भीर घाइते अवस्थामा फेला परेकी थिइन् ।

घाइते अवस्थामा फेला परेपछि उनलाई तत्काल उपचारका लागि हेटौँडा अस्पताल लगिएको थियो ।

तर, दिउँसो १२ः४० बजे अस्पतालमा पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ