arrow

आशा भोषलेको राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८२ चैत ३० सोमबार
asha-bhosle-26-4-12-diedjpg.jpg

काठमाडौँ । दिग्गज सदाबहार बलिउड गायिका आशा भोषलेको अन्तिम संस्कार आज अपराह्न ४ बजे मुम्बईको शिवाजी पार्कमा गरिने भएको छ। ९२ वर्षको उमेरमा उनको आइतबार मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा निधन भएको थियो।

विभिन्न स्वास्थ्य समस्याका कारण शनिबार राति उनलाई अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा उनका शरीरका धेरै अङ्गहरूले काम गर्न छोडेपछि (मल्टी-अर्गन फेलियर) निधन भएको अस्पताल स्रोतले जनाएको छ।

करिब ८२ वर्ष लामो गायन यात्रामा आशाले ९ पटक 'फिल्मफेयर' सहित १०० भन्दा बढी प्रतिष्ठित पुरस्कारहरू जितेकी थिइन्। 

उनलाई भारतको दोस्रो ठूलो नागरिक सम्मान 'पद्म विभूषण' बाट समेत सम्मानित गरिएको थियो। 

राष्ट्रका लागि उनले पुर्‍याएको अतुलनीय योगदानको कदर गर्दै उनको अन्तिम बिदाइ राजकीय सम्मानका साथ गरिन लागिएको हो।

उनको निधनले सङ्गीत जगतमा अपूरणीय क्षति पुगेको छ र विश्वभरका सङ्गीत प्रेमीहरूले उनप्रति श्रद्धाञ्जली अर्पण गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ