-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । संसद बैठक चलोस् वा नचलोस् प्रतिनिधि सभा सदस्य, अविष्कार तथा अनुसन्धानकर्ता महावीर पुनको कर्म भने रोकिएको छैन ।
आफ्नो पुस्तक महावीर पुन, सम्झना, सपना र अविरल यात्रा पुस्तक बेच्दै नयाँ वर्षको पहिलो दिन मंगलबार गोङ्गबु नयाँ बसपार्क क्षेत्रमा पुगे ।
उनी पुस्तक बिक्री गर्न बसपार्क क्षेत्रमा पुगेसँगै पुस्तक किन्ने र तस्बिर खिच्ने सर्वसाधारणको भीड नै लागेको थियो ।
उनी प्रतिनिधि सभाका एकमात्र स्वतन्त्र सांसद हुन् । उनले आफ्नो पुस्तक बेचेर उठेको रकम आविश्कार केन्द्रमा लगानी गर्दै आएका छन् ।