नयाँ दिल्ली । भारतको नयाँदिल्लीको ईन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्पाइसजेट र अकासा एयरका विमान ठोक्किएका छन् । बिहीबार दिउँसो यो घटना भएको हो।
रिपोर्टका अनुसार अकासा विमान हैदराबाद जाने तयारीमा पार्किङमा थियो भने स्पाइसजेटको विमान लेहबाट आइपुगेको थियो ।
दुर्घटनामा स्पाइसजेटको दायाँ पखेटाको भाग अकासाको बायाँ पछाडिको पखेटामा घुसेको थियो । घटनापछि विमानस्थलका कर्मचारीहरूले दुवै विमानका सबै यात्रुहरूलाई सुरक्षित रूपमा बाहिर निकाले।
कुनै पनि यात्रु घाइते भएनन् । घटनापछि स्पाइसजेट र अकासा विमानहरू दिल्लीमा पार्किङ गरिएको छ । भविष्यका उडानहरूको लागि दुवै विमानको प्रयोग गरिने छैन। घटनाको अनुसन्धान भइरहेको छ।