arrow

प्रथम प्रदेशस्तरीय फुल कन्ट्याक्ट कराते प्रतियोगिता शनिबारदेखि

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ४ शुक्रबार
karate-bagmati-ai.jpg
तस्बिर : एआईबाट ।

हेटौँडा । प्रदेश फुल कन्ट्याक्ट कराते महासंघ बागमती प्रदेशको आयोजनामा प्रथम प्रदेशस्तरीय फुल कन्ट्याक्ट कराते प्रतियोगिता आयोजना हुने भएको छ।

महासंघले शुक्रबार  जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रतियोगिता यही वैशाख ५ र ६ गते (शनिबार र आइतबार) आयोजना गरिनेछ। प्रतियोगिता चाँगुनारायण नगरपालिका–८, सिसडोल, भक्तपुरमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

प्रतियोगितामा बागमती प्रदेशका विभिन्न जिल्ला तथा क्लबबाट उत्कृष्ट खेलाडीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। प्रतियोगितामा विभिन्न तौल समूह तथा उमेर समूहअनुसार करिब २०० जना प्रतिस्पर्धी सहभागी हुने जनाइएको छ।

महासंघका अनुसार प्रतियोगिताको मुख्य उद्देश्य खेलाडीहरूमा अनुशासन, आत्मविश्वास तथा प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्नुका साथै कराते खेलको विकास र विस्तार गर्नु रहेको छ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षक, निर्णायक तथा खेलकुद क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। विजेता खेलाडीहरूलाई पदक, प्रमाणपत्र तथा विशेष पुरस्कार प्रदान गरिनेछ।

महासंघले खेलाडी, प्रशिक्षक, अभिभावक तथा खेलप्रेमीहरूलाई कार्यक्रममा उपस्थित भई सफल बनाउन आग्रह गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ