arrow

मनोहरा सुकुमवासी बस्तीमा घरटहरा भत्काउन थालियो [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १३ आइतबार
manohara-sukumbasi-83-1-13 (3).jpg
तस्बिर – नेपाल फोटो लाइब्रेरी र न्यूज एजेन्सी नेपाल ।

भक्तपुर । यहाँको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा अनधिकृत रूपमा बनाइएका घरटहरा हटाउन शुरू गरिएको छ । आज बिहानैदेखि बस्तीमा भक्तपुरबाट खटिएका एक हजार ३०० नेपाल प्रहरी र ६०० सशस्त्र प्रहरी परिचालन गरेर संरचना भत्काउन शुरू गरिएको जिल्ला प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए । 
    
उनका अनुसार उक्त बस्तीका बासिन्दाले आफैँ आफ्ना घरटहरा भत्काउने भनेपछि बिहान ९ः०० बजेसम्मको समय दिइएको थियो । त्यसपछि भने काठमाडौँ महानगरपालिकाको डोजरसहितको टोली आएपछि घरटहरा भत्काउन शुरू गरिएको हो । 
    
प्रहरी उपरीक्षक खड्काले भने, “यहाँका अधिकांश घरटहराबाट सामान सारेर खाली बनाएपछि भत्काउन थालिएको छ ।”

यस बस्तीमा बस्तीमा सात सय ७७ घरटहरा छन् । यसअघि शनिबार साँझ पनि यहाँ सात वटा ठूला पक्की घर भत्काइएका थिए । त्यस क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई अवरोध गरिएको थियो । केही सुकुमवासीले आक्रमण गर्दा २२ सुरक्षाकर्मी घाइते भएका थिए । 
 

manohara-sukumbasi-83-1-13 (1).jpg
manohara-sukumbasi-83-1-13 (2).jpg
manohara-sukumbasi-83-1-13 (3).jpg
manohara-sukumbasi-83-1-13 (4).jpg
manohara-sukumbasi-83-1-13 (5).jpg
manohara-sukumbasi-83-1-13 (6).jpg
manohara-sukumbasi-83-1-13 (7).jpg
manohara-sukumbasi-83-1-13 (8).jpg
manohara-sukumbasi-83-1-13 (9).jpg
manohara-sukumbasi-83-1-13 (10).jpg
manohara-sukumbasi-83-1-13 (11).jpg
manohara-sukumbasi-83-1-13 (12).jpg
manohara-sukumbasi-83-1-13 (13).jpg
manohara-sukumbasi-83-1-13 (2).jpeg
manohara-sukumbasi-83-1-13 (3).jpeg
manohara-sukumbasi-83-1-13 (4).jpeg
manohara-sukumbasi-83-1-13 (5).jpeg
manohara-sukumbasi-83-1-13 (6).jpeg
manohara-sukumbasi-83-1-13 (7).jpeg
manohara-sukumbasi-83-1-13 (8).jpeg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ