सुन्दरताको नाममा संविधान र कानूनमा जथाभावी छेडखानी नगर्न सांसद सिद्धिकीको चेतावनी [भिडियो]
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १३ आइतबार
432
Shares
काठमाडौँ। नेकपा एमालेकी सांसद साजिदा सिद्धिकीले राज्य सञ्चालनमा जनताको माग र सरकारको आपूर्तिबीच सन्तुलन आवश्यक रहेको बताएकी छन्।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसदीय व्यवस्थामा विपक्षी दलको भूमिका अत्यन्त महत्वपूर्ण हुने उल्लेख गरिन्।
विपक्षी बलियो भए मात्रै सरकारका गलत काममा प्रभावकारी खबरदारी गर्न सकिने उनको भनाइ छ।
सांसद सिद्धिकीले आफू कर्णाली र मधेस दुवै क्षेत्रको आवाज बन्न चाहेको बताउँदै तराईका समस्या सम्बोधन गर्नुपर्नेमा जोड दिइन्। संघीयताको चर्चा गर्दै उनले सिंहदरबारको शक्ति घर–घरमा पुगेको भन्दै यसले न्याय प्राप्त गर्न सहज बनाएको दाबी गरिन्।
संविधान संशोधनबारे बोल्दै उनले सुन्दरताको नाममा संविधान र कानूनमा जथाभावी “छेडखानी” गर्न नपाइने चेतावनी दिइन्। उनले राज्यलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धी बनाउन सक्षम र बलियो बनाउनुपर्ने धारणा राखिन्।
उनले लुम्बिनी प्रदेशको राजधानी दाङलाई थप सशक्त र विकसित बनाउनुपर्नेमा जोड दिँदै सबै प्रदेश समान रूपमा बलियो नभएसम्म समृद्ध नेपालको परिकल्पना पूरा नहुने बताइन्।
साथै काठमाडौँमा जस्तै सुविधा र अधिकार प्रदेशहरूमा पनि हुनुपर्ने उनको भनाइ छ।