arrow

गोदरेजका सामानमा आकर्षक अफरः चार वर्ष वारेन्टी, पक्का उपहारको बहार [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १५ मंगलबार
godrage1.jfif

काठमाडौँ । भारतको प्रतिष्ठित र १६५ वर्ष पुरानो इलेक्ट्रोनिक्स ब्राण्ड गोदरेजले नेपाली नयाँ वर्ष २०८३ को अवसरमा आफ्ना उपभोक्ताहरूका लागि विशेष उपहार योजना र आकर्षक छुट सुविधाहरू सार्वजनिक गरेको छ । नेपालमा विगत २० वर्षभन्दा बढी समयदेखि चौधरी ग्रुप (सीजी इलेक्ट्रोनिक्स) ले गोदरेजका उत्पादनहरूलाई आधिकारिक रूपमा बिक्री–वितरण गर्दै आइरहेको छ ।

यसै सन्दर्भमा सीजी इलेक्ट्रोनिक्सका उपमहाप्रबन्धक विष्णुप्रसाद ज्ञवालीले नयाँ वर्षको उपलक्ष्यमा रेफ्रिजरेटर, वाशिङ मेशिन, एअर कुलर, एसी र माइक्रोवेभ ओभन जस्ता घरायसी सामानहरूमा नयाँ वर्षको स्किम शुरू गरिएको जानकारी दिएका छन् । 

यस योजना अन्तर्गत ग्राहकहरूले प्रत्येक खरिदमा आकर्षक क्यासब्याक र स्योर सट उपहारहरू प्राप्त गर्न सक्नेछन् । जसले नेपाली उपभोक्ताहरूलाई गुणस्तरीय सामान किफायती मूल्यमा उपलब्ध गराउने लक्ष्य राखेको छ ।

उपहार योजनाको विस्तृत विवरण दिँदै उपमहाप्रवन्धक ज्ञवालीले माइक्रोवेभ ओभनको खरिदमा ग्राहकले निःशुल्क कुकिङ किट प्राप्त गर्ने बताए । त्यसैगरी, वासिङ मेसिनतर्फ फ्रन्ट लोड मेशिन खरिद गर्दा ६ केजी एरियल सर्फ पाउडर, टप लोड फुल अटोमेटिकमा २ केजी र सेमी–अटोमेटिक मेसिनमा १ केजी एरियल सर्फ उपहारस्वरूप प्रदान गरिनेछ ।

ज्ञवालीले उपभोक्ताहरूलाई सचेत गराउँदै भने, ‘इलेक्ट्रोनिक्स सामानहरू ’कन्जुमर ड्युरावल्स’ हुन जुन आज किनेर भोलि सकिने वस्तु होइनन् । यी सामग्रीहरू १० देखि ४० वर्षसम्म चल्ने र पछिल्लो पुस्ताले समेत प्रयोग गर्ने खालका हुनुपर्छ । त्यसैले सामान किन्दा उपहार मात्र नहेरी त्यसको टिकाउपन र गुणस्तरमा विशेष ध्यान दिनु जरुरी छ ।’ 

उनले गोदरेजका उत्पादनहरू दीर्घकालीन प्रयोगका लागि अत्यन्तै भरपर्दो रहेको दाबी गरे ।

वारेन्टी र विश्वसनीयताको सवालमा गोदरेजले नेपालमै पहिलो पटक फ्रन्ट लोड वाशिङ मेशिनमा ४ वर्षको पूर्ण (कम्प्रेहेन्सिभ) वारेन्टी दिएर बजारमा नयाँ बेन्चमार्क कायम गरेको छ । 

“नेपालमा अहिलेसम्म कुनै पनि कम्पनीले ४ वर्षको पूर्ण वारेन्टी दिएका छैनन्, जुन गोदरेजले मात्र उपलब्ध गराएको छ,“ ज्ञवालीले भने । यसैगरी रेफ्रिजरेटरमा २ वर्षको पूर्ण वारेन्टी र कम्प्रेसरमा १० वर्षको वारेन्टी दिइएको छ । उहाँले उपभोक्ताहरूलाई बजारमा सामान बेचेर हराउने कम्पनीहरूदेखि सावधान रहन आग्रह गर्दै भने, “धेरै कम्पनीहरू १० वर्ष वारेन्टी भन्दै सामान त बेच्छन्, तर केही वर्षमै कम्पनी बन्द भएर ग्राहकले सास्ती भोग्नुपरेका धेरै उदाहरण छन् । चौधरी ग्रुप जस्तो स्थापित र विश्वसनीय घरानाले बिक्री गर्ने भएकाले ग्राहकहरू वारेन्टी र सेवाको विषयमा ढुक्क हुन सक्नुहुन्छ ।’

बिक्रीपछिको सेवालाई मध्यनजर गर्दै कम्पनीले नेपालभर १४० भन्दा बढी सर्भिस सेन्टरहरूको सञ्जाल विस्तार गरेको छ । जसमध्ये ५० वटा कम्पनीका आफ्नै सर्भिस सेन्टरहरू हुन् भने बाँकी आधिकारिक केन्द्रहरू हुन् । 

ज्ञवालीका अनुसार सबै सर्भिस सेन्टरहरूमा सेवा शुल्कको स्पष्ट सूची (नागरिक बडापत्र जस्तै) राखिएको छ जसले गर्दा प्राविधिकहरूले उपभोक्ताबाट मनलाग्दी शुल्क लिन पाउँदैनन् र देशभर एउटै दरमा गुणस्तरीय सेवा सुनिश्चित हुन्छ । 

चैत्र २० गतेदेखि शुरू भएको यो योजना सीमित अवधिका लागि मात्र रहने भएकाले इच्छुक ग्राहकहरूलाई समयमै खरिद गरी अतिरिक्त लाभ लिन कम्पनीले आह्वान गरेको छ ।

गुणस्तर अनुसार मूल्य, ब्याजबिनाको किस्ता र एक्सचेन्ज अफर
ज्ञवालीले सीजीले बजारमा “जेनुइन क्वालिटीमा जेनुइन प्राइस” उपलब्ध गराउँदै आएको दाबी गर्दै मूल्य पारदर्शिता कायम गरिएको बताए । “हामीले उत्पादनको अधिकतम खुद्रा मूल्य (एमआरपी) सार्वजनिक रूपमा उपलब्ध गराउँछौं र प्रत्येक सामानमा स्पष्ट रूपमा उल्लेख गरिएको हुन्छ, जसले उपभोक्ता ठगिनबाट जोगिन्छन्,” उनले भने ।

ज्ञवालीका अनुसार बजारमा नन–ब्रान्डेड उत्पादनमा मूल्य अस्थिरता र मनपरी छुट दिने प्रवृत्ति देखिए पनि सीजी इलेक्ट्रोनिक्सले स्थिर र पारदर्शी मूल्य प्रणाली अपनाएको छ । उनले सस्तोमा किनिएको सामान छोटो समयमै बिग्रिँदा थप खर्च बढ्ने भएकाले दीर्घकालीन हिसाबले गुणस्तरीय उत्पादन नै किफायती हुने बताए ।

कम्पनीले हाल उपभोक्तालाई सहज बनाउन ब्याज बिनाको किस्ता सुविधा (ईएमआई) पनि शुरू गरेको छ । 

जगदम्बा फाइनान्ससँगको सहकार्यमा नागरिकताको आधारमा न्यून डाउनपेमेन्टसहित ६, ९ वा १२ महिनासम्म किस्तामा सामान खरिद गर्न सकिने उनले जानकारी दिए । 

“क्याशमा पाइने मूल्यमै किस्ताबन्दीमा सामान उपलब्ध गराइन्छ, उपभोक्तामाथि अतिरिक्त आर्थिक भार पर्दैन”, उनले भने ।

यसैगरी कम्पनीले ‘सीजी एलक्स’ एपमार्फत एक्सचेन्ज अफर पनि सञ्चालनमा ल्याएको छ । पुराना इलेक्ट्रोनिक्स सामान साटेर नयाँ उत्पादन लिन सकिने व्यवस्था रहेको उनले बताए । एपमा विवरण भरेपछि स्वतः मूल्यांकन हुने र सोही आधारमा नयाँ सामान खरिद गर्न सकिने सुविधा रहेको छ ।

ज्ञवालीले सीजी र गोदरेजजस्ता ब्रान्डहरू विश्वसनीय, टिकाउ र सेवा सुनिश्चित भएको उल्लेख गर्दै सस्तोको लोभमा गुणस्तरहीन उत्पादन रोज्दा भविष्यमा समस्या आउन सक्ने चेतावनी दिए । 

उनले चौधरी ग्रुपले बिक्रीपछिको सेवा (आफ्टर सेल्स सर्भिस) लाई प्राथमिकता दिएको र उपभोक्ताको समस्या समाधानमा निरन्तर लागिरहेको बताए ।

उनका अनुसार गोदरेज ब्रान्ड भारतको अग्रणी तथा विश्वसनीय ब्रान्डमध्ये एक हो, जसले हालै ‘मोस्ट ट्रस्टेबल ब्रान्ड’को अवार्डसमेत प्राप्त गरेको छ । नेपालमा उपलब्ध गोदरेजका उत्पादनहरू भारतमै प्रयोग हुने समान मोडेल र गुणस्तरका हुने उनले स्पष्ट पारे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ