नेपाली बजारमा सीजी चेष्ट फ्रिजरको निर्विवाद नेतृत्व: २८ मोडल र ५ वर्षको वारेन्टीका साथ व्यवसाय र घरधुरीको पहिलो रोजाइ
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख १७ बिहिबार
155
Shares
काठमाडौँ। नेपालको भौगोलिक अवस्था र व्यवसायकी वातावरणलाई नजिकबाट बुझेको नेपालकै अग्रणी इलेकट्रोनिक्स तथा होम एप्लायन्स ब्रान्ड सीसजीले नेपाली बजारमा आफ्ना चेष्ट फ्रिजरहरूको वृहत् रेन्ज उपलब्ध गराउँदै आएको छ। ११० लिटरदेखि १००० लिटरसम्मको विशाल क्षमतामा उपलब्ध २८ वटा उत्कृष्ट मोडलहरू र कम्प्रेसरमा ६० महिना (५ वर्ष) को विशेष वारेन्टीका साथ सीसजीले नेपाली उपभोक्ताहरूको मन जितिरहेको छ।
गर्मीको मौसममा चेष्ट फ्रिजरको महत्त्व: किन छ यो अनिवार्य?
नेपालको बढ्दो गर्मी र तापक्रममा खाद्य सामग्रीहरूको सुरक्षा र ताजगी कायम राख्नु एउटा ठूलो चुनौती हो। यस्तो अवस्थामा सीजी चेष्ट फ्रिजर निम्न कारणले वरदान साबित भइरहेको छ:
ताजगीको दीर्घायु: चर्को गर्मीमा दूध, दही, मासु र तरकारी जस्ता वस्तुहरू छिटै बिग्रने डर हुन्छ। सीजीको 'सुपर फास्ट फ्रिजिङ' प्रविधिले यी सामग्रीको प्राकृतिक गुण र ताजगीलाई लामो समयसम्म जोगाएर राख्छ।
आर्थिक बचत: एकै पटक धेरै सामान भण्डारण गर्न सकिने हुनाले पटक-पटक बजार जानुपर्ने झन्झट हट्छ र थोक खरिद गर्दा पैसाको समेत बचत हुन्छ।
किन रोज्ने त सीजी?
बजारमा धेरै विकल्पहरू भए तापनि नेपाली व्यवसायी र घरधुरीले सीजीलाई नै रोज्नुका मुख्य कारणहरू यस प्रकार छन्:
६० महिनाको ढुक्क सेवा (५ वर्ष वारेन्टी): सीसजीले आफ्ना चेष्ट फ्रिजरका कम्प्रेसरमा ५ वर्षको वारेन्टी प्रदान गर्दछ, जसले ग्राहकलाई लामो समयसम्म निश्चिन्त बनाउँछ र लगानीको पूर्ण सुरक्षा दिन्छ।
रोबस्ट एण्ड रिलायबल कम्प्रेसर : नेपालको प्रतिकूल मौसम र अस्थिर भोल्टेजमा पनि कुनै रुकावट बिना निरन्तर चल्न सक्ने शक्तिशाली कम्प्रेसर।
नेपाली व्यवसायको सारथी: साना पसलदेखि ठूला उद्योगसम्मका लागि उपयुक्त २८ वटा फरक मोडलहरू उपलब्ध हुनुले हरेक व्यवसायीलाई आफ्नो आवश्यकता अनुसारको सही छनोट गर्ने अवसर दिएको छ।
उच्च कुलिङ रिटेन्सन: विशेष इन्सुलेशन प्रविधिले गर्दा बिजुली नभएको समयमा पनि धेरै घण्टासम्म भित्री चिस्यान कायम रहन्छ, जसले सामानहरू बिग्रन दिँदैन।
सजिलो किस्ताबन्दी र ०% ब्याज: अब ग्राहकले नागरिकता मात्र पेस गरेर ०% ब्याज र सजिलो मासिक किस्तामा आफ्नो रोजाइको चेष्ट फ्रिजर लान सक्नेछन्। यो 'गेम चेन्जर' अफरले साना व्यवसायी र मध्य वर्गीय परिवारलाई निकै राहत पुर्याउनेछ।
४० वर्षको भरोसा र देशव्यापी सञ्जाल
देशभर रहेका २१ वटा सिजी डिजिटल का शोरुमहरू, विस्तृत आधिकारिक बिक्रेता सञ्जाल र अनलाइन cgdigital.com.np मार्फत सहज र सुलभ तरिकाले ग्राहक वर्गहरूले खरिद गर्न सक्नेछन्। अझ महत्त्वपूर्ण कुरा, ४० भन्दा बढी सेवा केन्द्रहरू मार्फत बिक्रीपछिको उत्कृष्ट सेवा र प्राविधिक सहयोग सुनिश्चित गरिएको छ।
"नेपाली व्यवसायीको हात बलियो बनाउनु र घरधुरीलाई आधुनिक सुविधायुक्त बनाउनु नै हाम्रो मुख्य लक्ष्य हो," सिजी इलेक्ट्रोनिक्सका एक अधिकारीले बताए। "एक्पेरियन् लाइभ विथ सीजी" को मूल नारालाई आत्मसात् गर्दै सीसजीले सधैँ नेपालीहरूको जीवनस्तर उकास्ने र समृद्धिको सहयात्री बन्ने प्रतिबद्धता व्यक्त गर्दछ।