arrow

राष्ट्रपति पौडेलले गरे अध्यादेश जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २० आइतबार
ramchandra-poudel-president-83-1-18.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३ जारी गरेका छन्। 

नेपालको संविधानको धारा, ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनले उक्त अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

शनिबार राष्ट्रपति पौडेलले तीन वटा महत्त्वपूर्ण अध्यादेशहरू जारी गरेका थिए। उनले स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३, सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ र विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८३ थिए ।

शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण तेस्रो संशोधन अध्यादेश, २०८३’ जारी गरेका थिए । 

बिहीबार  राष्ट्रपति  पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए ।  बिहीबारै राष्ट्रपति पौडेलले सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी गरेका थिए।

सरकारले संसद छलेर धमाधम अध्यादेश ल्याएको छ । संसदका दुवै सदनको बैठक आह्वान गरेर पनि सरकारले तयारी नपुगेको भन्दै बैठक स्थगित गराई धमाधम अध्यादेशमार्फत काम गरिरहेको छ ।  यसको विपक्षी दलहरूले तीव्र विरोध गरिरहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ