काठमाडौँ । पश्चिम बंगाल विधानसभाका २९३ सिटहरूमा मतगणना जारी रहँदा प्रारम्भिक रुझानमा भारतीय जनता पार्टी (भाजपा) ले स्पष्ट बहुमत हासिल गर्ने देखिएको 'दैनिक भास्कर' ले उल्लेख गरेको छ।
कुल सिटमध्ये भाजपा १५७ र तृणमूल कांग्रेस (टीएमसी) ११५ सिटमा अगाडि रहेका छन् भने फालता सिटमा आगामी २१ मे मा पुनः मतदान हुने तय भएको छ।
भवानीपुर सिटमा मुख्यमन्त्री ममता बनर्जी पछि परेकी छन् भने भाजपाका सुवेन्दु अधिकारीले अग्रता कायम गरेका छन्। उता पानीहाटी सिटमा रत्ना देबनाथ अगाडि देखिएकी छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले भ्रमणका क्रममा झालमुडी खाएको क्षेत्रका झाडग्राम, बिनपुर, गोपीबल्लभपुर र नयाग्राम गरी चारवटै सिटमा भाजपाले अग्रता लिएको छ।
प्रारम्भिक रुझानहरूले विभिन्न सञ्चारमाध्यमका एक्जिट पोलहरूलाई सही साबित गर्दै लगेको देखिएको छ । जसमा ८ मध्ये ६ एक्जिट पोलले भाजपाको सरकार बन्ने अनुमान गरेका थिए।