नेपालको बढ्दो गर्मीलाई ध्यानमा राख्दै, अब हरेक घरको लागि शक्तिशाली माइडिया फ्यान सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २१ सोमबार
302
Shares
काठमाडौँ। विश्व प्रसिद्ध घरेलु उपकरण ब्रान्ड माइडिका उत्पादनहरू नेपालमा आधिकारिक रूपमा वितरण गर्दै आएको सीजी इलेकट्रोनिक्सले माइडिया फ्यानको नयाँ, शक्तिशाली तथा आधुनिक शृङ्खला नेपाली बजारमा सार्वजनिक गरेको छ। वाशिङ मेसिन, रेफ्रिजेरेटर, भ्याकुम क्लिनर, चेस्ट फ्रिजर, एयर प्युरिफायर, एयर फ्रायर, चिम्नी, वाटर डिस्पेन्सर र डिशवाशरजस्ता उत्पादनमार्फत नेपाली उपभोक्तामाझ मजबुत उपस्थिति बनाइसकेको माइडिया अब फ्यान सेग्मेन्टमा पनि उत्कृष्ट प्रदर्शन र विश्वसनीयताको पर्याय बन्दै गएको छ।
नेपालको मौसमी अवस्था, विशेष गरी बढ्दो गर्मी र अनियमित तापक्रमलाई ध्यानमा राख्दै डिजाइन गरिएको यो नयाँ फ्यान शृङ्खलाले दैनिक जीवनलाई थप सहज र आरामदायी बनाउने लक्ष्य राखेको छ। उच्च गुणस्तरको कपर मोटर प्रयोग गरिएको यी फ्यानहरूले दीर्घकालीन टिकाउपन, स्थिर कार्यसम्पादन र कम विद्युत् खपत सुनिश्चित गर्छन्। साथै, न्यून आवाजमा सञ्चालन हुने भएकाले घर, अफिस वा अन्य कार्यस्थलमा प्रयोग गर्दा शान्त वातावरण कायम राख्न मद्दत गर्छ।
एफडब्ल्यू ४५-२५एम (१८” भित्ता पङ्खा) भित्तामा जडान हुने यो मोडलमा शक्तिशाली एयरफ्लो, अक्सिलेशन फङ्सन र पुल कड कन्ट्रोल रहेको छ, जसले प्रयोगलाई सहज बनाउँछ। यसमा ३ स्पीड सेटिङ र ५ वटा एबीएस ब्लेड जडान गरिएको छ। जसले हावाको वितरणलाई अझ प्रभावकारी बनाउँछ। उच्च गुणस्तरको कपर मोटरका कारण दीर्घकालीन टिकाउपन सुनिश्चित हुन्छ।
एफडब्ल्यू ४५-२५एमटी (१८” भित्ता पङ्खा) उचाइ मिलाउन सकिने यो स्ट्यान्ड फ्यान प्रयोगमा लचिलो र व्यावहारिक छ। यसमा शक्तिशाली एयरफ्लो, अक्सिलेशन, ३ स्पीड सेटिङ र ५ एबीएस ब्लेड सहितको डिजाइन छ। उच्च गुणस्तरको कपर मोटरले स्थिर र बलियो प्रदर्शन दिन्छ, जसले घर तथा अफिस दुवैमा भरपर्दो कूलिङ प्रदान गर्छ।
एफएस४०-१३क्यूआरए (१६” भित्ता पङ्खा) यो प्रिमियम मोडलमा ३ एबीएस ब्लेड, उच्च गुणस्तरको मोटर र मल्टिपल स्पीड विकल्पहरू उपलब्ध छन्। १.८ लिटर पानी ट्याङ्की, ३६० डिग्री स्प्रे नोजल, आयन जेनेरेटर, ८ घण्टाको टाइमर र रिमोट कन्ट्रोलले यसलाई स्मार्ट कूलिङ समाधान बनाउँछ। नर्मल, नेचर र साइलेंट मोडले वातावरणअनुसार प्रयोग गर्न मिल्ने सुविधा दिन्छ।
एफएस४०-१३पीजी (१६” हाई स्पीड स्ट्यान्ड फ्यान) उच्च गतिको कूलिङका लागि डिजाइन गरिएको यो मोडलमा ३ एबीएस ब्लेड, ३ स्पीड सेटिङ, अक्सिलेशन फङ्सन र उच्च गुणस्तरको कपर मोटर प्रयोग गरिएको छ। बढी एयर स्पीड र एयर भोल्युमका कारण ठूलो कोठा वा बढी गर्मी हुने स्थानका लागि यो उपयुक्त विकल्प हो।
यस नयाँ शृङ्खलामा माइडियाले आधुनिक डिजाइन र प्रयोगमैत्री प्रविधिको सन्तुलन प्रस्तुत गरेको छ। प्रत्येक मोडलमा दैनिक प्रयोगलाई सहज बनाउने विशेषताहरू समावेश गरिएको छ। यसले उपभोक्तालाई दीर्घकालीन समाधान प्रदान गर्ने लक्ष्य राखेको देखिन्छ।
सीजी इलेकट्रोनिक्सका अनुसार, “हामी नेपाली उपभोक्तालाई विश्व स्तरीय प्रविधि र गुणस्तर उपलब्ध गराउने प्रतिबद्धतामा निरन्तर अघि बढिरहेका छौं। माइडियाको यो नयाँ फ्यान शृङ्खला हाम्रो त्यही प्रयासको अर्को महत्त्वपूर्ण कदम हो, जसले हरेक घरमा आरामदायी जीवनशैली थप्ने विश्वास लिएका छौं।”बढ्दो तापक्रम र परिवर्तनशील जीवनशैलीबीच, माइडियाको यो नयाँ फ्यान शृङ्खलाले केवल चिसोपन मात्र होइन, विश्वास, दक्षता र आधुनिकताको अनुभव पनि प्रदान गर्ने अपेक्षा गरिएको छ। सीजी इलेकट्रोनिक्स नेपालका अग्रणी वितरण कम्पनीहरूमध्ये एक हो, जसले विश्व स्तरीय ब्रान्डहरूलाई नेपाली बजारमा सफलतापूर्वक स्थापित गर्दै आएको छ।