arrow

युपी विहार लिएर आए गायक पौडेल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २२ मंगलबार
gayak-kumar-poudel-upbihar.jpg

काठमाडौँ । नेपाली संगीत क्षेत्रमा सक्रिय गायक कुमार पौडेलको नयाँ गीत ‘युपी विहार’ सार्वजनिक भएको छ । लोक, पप र आधुनिक शैलीका गीतमार्फत परिचित पौडेलले यस गीतमा पनि आफ्नो स्वर प्रस्तुत गरेका छन् । 

यो गीतमा उनलाई चर्चित गायिका शान्तिश्री परियारले स्वर भरेर साथ दिएकी छिन् । पौडेलले हालसम्म दुई दर्जनभन्दा बढी गीतमा स्वर भरिसकेका छन् । 

उनी स्टेज प्रस्तोताका रूपमा पनि परिचित छन् । साथै उनले भजन गायनमा समेत सक्रियता देखाउँदै आएका छन् । संगीत क्षेत्रमा योगदान दिँदै आएका पौडेलले विभिन्न विद्यालयमा पुगेर संगीत प्रशिक्षणसमेत प्रदान गर्दै आएका छन् ।

‘युपी विहार’ गीतका शब्द रमेश परियारले लेखेका हुन् भने संगीत पनि उनैले नै भरेका छन् । गीतको भिडियोमा सन्तोष दुवाडी, रञ्जित पौडेल, नितु परियार र प्रतिक्षा खत्रीको अभिनय देख्न सकिन्छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ