arrow

यस्तो छ मन्त्रिपरिषद् बैठकको एउटा निर्णय [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २२ मंगलबार
susmitsss.jpg

काठमाडौँ । सरकारले आगामी वैशाख २८ गते सोमबारदेखि सङ्घीय संसद्को अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले वैशाख २८ गते अधिवेशन आह्वान गर्ने गरी राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए।

यसअघि वैशाख १७ गते नै अधिवेशन बोलाउने सिफारिस गरिएको थियो । राष्ट्रपतिबाट अधिवेशन आह्वान समेत भइसकेको थियो। यद्यपि सरकारले उक्त आह्वानलाई स्थगित गरी अध्यादेश ल्याइसकेपछि पुनः वैशाख २८ गतेका लागि नयाँ मिति तय गरेको हो। यसै अवधिमा सरकारले केही अध्यादेशहरू ल्याएको र ती अध्यादेश राष्ट्रपतिबाट जारी भएसँगै सरकारले संसद् अधिवेशनको नयाँ मिति तय गर्ने निर्णय लिएको हो।

संवैधानिक व्यवस्था अनुसार नेपालमा सरकारको सिफारिसमा राष्ट्रपतिले संसद्को अधिवेशन आह्वान गर्ने नियमित प्रक्रिया रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ