एफएनसीसीआईको एशोसियट्स कार्यकारिणी सदस्यतर्फ को-को भए विजयी ?
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २३ बुधबार
274
Shares
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को एशोसियट्सतर्फको कार्यकारिणी सदस्यमा १७ जना विजयी भएका छन्। निर्वाचनमा सहभागी कुल ३३ उम्मेदवारमध्ये सबैभन्दा धेरै मत ल्याउने १७ जना निर्वाचित भएका हुन्।
यस निर्वाचनमा सचिन ढकालले सबैभन्दा धेरै १३९८ मत प्राप्त गरेका छन्। अन्य निर्वाचित सदस्यहरूमा हेमन्त गोल्छाले १२०२ मत, अम्बिका प्रसाद पौडेलले ११९३ मत, उज्ज्वल कुमार श्रेष्ठले ११५६ मत, शक्ति कुमार बेगानीले ११४२ मत, ऋषि अग्रवालले ११२२ मत र सुशील थापाले १०९४ मत प्राप्त गरेका छन्।
यसैगरी राजेश कुमार अग्रवालले १०८२ मत, सुयस प्याकुरेलले १०६९ मत, रामशरण भण्डारीले १०४३ मत, बाबु काजी कार्कीले १००६ मत, दिवश न्यौपानेले ९९१ मत र कृष्ण लाल महर्जनले ९८४ मत पाएका छन्।
साथै शिवराज रेग्मीले ९५४ मत, ईश्वर बहादुर जिसीले ९४९ मत, सुरज उप्रेतीले ९०७ मत र बबु लामिछानेले ८६० मत प्राप्त गर्दै कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन्।