arrow

भोगाधिकारमा लिइएका सरकारी जग्गा तत्काल खाली गर्न मन्त्रालयको निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २४ बिहिबार
bhumi-minister.jpg

काठमाडौँ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका सरकारी जग्गा र त्यसमाथि निर्माण गरिएका भौतिक संरचनाहरू तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायहरूलाई निर्देशन दिएको छ।

मन्त्रालयका अनुसार सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ (दोस्रो संशोधन सहित) को व्यवस्था बमोजिम साविकमा भोगाधिकार प्राप्त गरेका पक्षहरूलाई उक्त जग्गा लिजमा परिणत गर्न ६ महिनाको समयसीमा उपलब्ध गराइएको थियो। यस विषयमा तत्कालीन भूमि सुधार तथा व्यवस्थापन विभागले २०७३ जेठ ३१ र २०७४ वैशाख २१ गते नै सूचना प्रकाशित गरी जानकारी गराएको थियो।

तोकिएको म्यादभित्र लिजमा परिणत गर्न निवेदन नदिएका व्यक्ति, संस्था तथा निकायहरूको भोगाधिकार कानुनतः स्वतः समाप्त भइसकेको मन्त्रालयले स्पष्ट पारेको छ। तसर्थ, सम्झौता बमोजिम तिर्न बाँकी रहेको रकम सरकारी कोषमा दाखिला गरी त्यस्ता जग्गा र निर्मित संरचनाहरू यथाशीघ्र खाली गर्न मन्त्रालयले सूचित गरेको छ। निर्देशनको पालना नगरेमा कानुन बमोजिम थप कारबाही अघि बढाइने संकेत समेत मन्त्रालयले दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ