arrow

शिक्षामन्त्री पोखरेल र अष्ट्रेलियाली राजदूतबीच भेटवार्ता

उच्च शिक्षामा साझेदारी गर्ने इच्छा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २५ शुक्रबार
nepal-austrilla-minister-education.jpg

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि अष्ट्रेलियाका राजदूत साइमन अन्स्र्टले शिष्टाचार भेटवार्ता गरेका छन्। सिंहदरबारस्थित मन्त्रालयमा शुक्रबार भएको उक्त भेटमा नेपाल र अस्ट्रेलियाबिचको द्विपक्षीय सम्बन्ध, शिक्षा क्षेत्रको विकास र साझेदारीका विषयमा गहन छलफल भएको छ।

भेटका क्रममा विशेष गरी उच्च शिक्षामा अन्तरदेशीय शिक्षा प्रबन्धका क्षेत्रमा दुई देशबिच सहकार्य गर्ने सम्भावनाबारे कुराकानी भएको थियो। राजदूत अन्स्र्टले अस्ट्रेलियाका गुणस्तरीय उच्च शिक्षा कार्यक्रमहरूमा नेपालसँग साझेदारी गर्ने इच्छा व्यक्त गर्दै यसका लागि आवश्यक कानुनी र नीतिगत प्रबन्धबारे चासो राखेका थिए।

शिक्षामन्त्री पोखरेलले विश्वस्तरीय शिक्षा नेपालमै उपलब्ध गराउने गरी सरकारले नीतिगत सुधारमा जोड दिएको बताए। उनले अस्ट्रेलियाका उत्कृष्ट शैक्षिक कार्यक्रमहरूसँग सहकार्य गर्न मन्त्रालय सकारात्मक रहेको र यसका लागि आवश्यक कानुनी प्रबन्ध मिलाउन पहल गरिने विश्वास दिलाए। मन्त्री पोखरेलले विद्यालय शिक्षा सुधारका लागि अन्य विकास साझेदारहरू जस्तै अस्ट्रेलियासँग पनि सहकार्यलाई निरन्तरता दिन मन्त्रालय इच्छुक रहेको स्पष्ट पारे।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ