arrow

सुकुमवासीहरूको गुनासोः नागार्जुन अपार्टमेन्टमा न पानी न खाने व्यवस्था [तस्बिर] 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २६ शनिबार
nagarjun-apartment-83-1-26 (5).jpg

काठमाडौँ । गोङ्गबु बसपार्कका विभिन्न होटलहरूमा बस्दै आएका सुकुमवासी बस्तीका नागरिकहरूलाई  नागार्जुन अपार्टमेन्ट पुर्याइएको छ । ४० परिवारका ९३ जना राखिएको सो अपार्टमेन्टमा आधारभूत सुविधा समेतको पूर्व व्यवस्था नगरी सारिएको उनीहरूको गुनासो छ ।

उनीहरूका अनुसार शुक्रबार बेलुकी ७ बजे तिर पुर्याइएको हो । कसले ल्यायो भन्नेसम्म पनि जानकारी नरहेका उनीहरूको गुनासै गुनासो छ । दैनिक प्रयोग त के खाने पानीको समेत व्यवस्था नभएपछि उनीहरू केहीबेर आक्रोशित भएका थिए । 

सडकमै निस्केर उचित व्यवसायको माग गरेका हुनेहरूलाई अहिले दैनिक प्रयोग हुने पानीको व्यवस्था गरिएको छ भने खानेपानीको व्यवस्था स्थानीय, प्रहरी र सरोकारवालाले व्यवस्थाको प्रयास गर्दै गरेको देखिन्छ ।

मनोहरा बस्तीबाट विस्थापित विश्वनाथ दाहालका अनुसार सरकारले नगरेको होइन गरेको हो तर व्यवस्थित भने देखिएको छैन । उनीहरूसँग समन्वय गर्न आधिकारिक व्यक्तिसमेत नरहेकाले अन्योल देखिएको छ । 

यहाँ कति दिन राख्ने हो, व्यवस्थापन कसरी गर्ने हो, खानाको व्यवस्था के हुने हो उनीहरूले बुझ्न चाहेका छन् । अधिकांश परिवारमा दीर्घरोगीसमेत भएकाले अस्पताल आउजाउ गर्न सहजीकरण गरिदिनु पर्ने माग राखेका छन् ।

दुवै मिर्गौला फेल भएकी मुना खनाल, हप्तामा दुई पटक डायलासिसका लागि वीर अस्पताल जानुपर्ने, विपन्न त्यसमाथि पनि विस्थापित हुन परेको मुनासँग ट्याक्स चढेर अस्पताल जाने अवस्थासमेत छैन ।

'अहिलेसम्म एम्बुलेन्सको व्यवस्था भए पनि भोलि के हुने हो', उनी चिन्तित देखिन्छिन् ।

खोला किनारमा आफ्नै भने पनि सानो घर रहेको उनीहरूको अहिले आफ्नो भन्ने केही नरहेको बताउँछन् । सरकारले जसरी उठिबास लगायो त्यसरी नै व्यवस्था गर्नु पर्ने उनीहरुको माग रहेको छ । 

आफ्नै नाममा सानो जमितको माग राख्दै, उचित छानबिन र राम्रो व्यवस्थापनको उनीहरू चाहन्छन् ।
 

nagarjun-apartment-83-1-26 (2).jpg
nagarjun-apartment-83-1-26 (3).jpg
nagarjun-apartment-83-1-26 (4).jpg
nagarjun-apartment-83-1-26 (5).jpg
nagarjun-apartment-83-1-26 (6).jpg
nagarjun-apartment-83-1-26 (7).jpg
nagarjun-apartment-83-1-26 (8).jpg
nagarjun-apartment-83-1-26 (9).jpg
nagarjun-apartment-83-1-26 (10).jpg
nagarjun-apartment-83-1-26 (11).jpg
nagarjun-apartment-83-1-26 (12).jpg
nagarjun-apartment-83-1-26 (1).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ