arrow

योगदानको मूल्य माग्ने बेला मेरो पनि भएको छैन, परिणाममुखी काम गर्नुस् : रवि लामिछाने [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख २७ आइतबार
rabi-lamichhane-27-01.jpg

ललितपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आगामी पाँच वर्षभित्र परिणाममुखी काम गर्न नसके आफूहरू अयोग्य सावित हुने बताएका छन् ।

आइतबार पार्टीका सांसदहरूका लागि ललितपुरमा आयोजित दुई दिने प्रशिक्षण कार्यक्रमको समापन सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले केही सांसदहरूले पार्टीमा योगदानको नाममा व्यक्तिगत अपेक्षा राखेर आफू कहाँ आउने गरेको उल्लेख गर्दै योगदानको मूल्य माग्ने समय नभएको स्पष्ट पारे ।

सभापति लामिछानेले पार्टीले सहज रूपमा राजनीतिक उचाइ हासिल गरे पनि त्यसको आधार विगतका राजनीतिक आन्दोलन र परिवर्तनले तयार पारेको बताए ।

फरक विचार, सिद्धान्त र राजनीतिक दृष्टिकोण भए पनि अघिल्ला पुस्ताका नेताहरूको संघर्षकै जगमा वर्तमान राजनीतिक परिवर्तन सम्भव भएको उनको भनाइ थियो ।

उनले भने, “हामी ऐतिहासिक क्रान्तिबाट आएका हौँ । अब पाँच वर्ष हामीले काम गर्नुपर्नेछ । यो क्रान्तिलाई परिणाम दिन सकेनौँ भने हामी नालायक सावित हुन्छौँ ।”

लामिछानेले सांसदहरूलाई आफ्नो अभिव्यक्ति र व्यवहारप्रति सचेत रहन आग्रह गर्दै आम नागरिकको भावनामा चोट पुग्ने गतिविधिबाट टाढा रहन निर्देशन दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ