arrow

इन्धनको मूल्यवृद्धिको विरोधमा तेल रिफाइनरी घेराउ

logo
हाम्रा कुरा
प्रकाशित २०८३ वैशाख ३० बुधबार
france-flag.jpg

काठमाडौँ । फ्रान्सको लियोन शहरको दक्षिणी क्षेत्रमा रहेको एक प्रमुख तेल रिफाइनरी बाहिर किसानहरूले इन्धनको मूल्यवृद्धिको विरोधमा प्रदर्शन गरेका छन्। कृषि कार्यमा प्रयोग हुने डिजेलको मूल्यमा भएको अत्यधिक वृद्धिका कारण उत्पादन लागत बढेको भन्दै किसानहरू आन्दोलित भएका हुन्।

'कोअर्डिनेशन रुराले' नामक किसान सङ्गठनको आह्वानमा भएको यस प्रदर्शनमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरे पनि किसानहरूले त्यसलाई बेवास्ता गर्दै रिफाइनरी क्षेत्र घेराउ गरेका थिए। प्रदर्शनमा सहभागी पियरे ग्रेनोइलरले इन्धनको मूल्यवृद्धि अनुचित रहेको र यसले किसानका साथै आम उपभोक्तालाई समेत ठूलो मारमा पारेको गुनासो गर्नुभयो।

रणनीतिक महत्त्वको औद्योगिक क्षेत्रमा अवरोध सिर्जना भएपछि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै फेइजिन रिफाइनरी वरपर ठूलो सङ्ख्यामा प्रहरी र दङ्गा नियन्त्रण बल परिचालन गरिएको छ। फ्रान्समा पछिल्लो समय कृषि सञ्चालन लागतमा भइरहेको निरन्तर वृद्धिलाई लिएर किसानहरूले सरकारविरुद्ध पटक–पटक विरोध प्रदर्शन गर्दै आएका छन्, जसले कृषि क्षेत्रको बढ्दो आर्थिक सङ्कटलाई उजागर गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ