तालिमरत सशस्त्रका आठ जवान बेहोस, उपचारका लागि काठमाडौँमा
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ८ शुक्रबार
633
Shares
धनगढी । कैलालीमा सशस्त्र प्रहरीकाे तालिम लिइरहेका आठ जना जवान बेहोस भएका छन् । राजश्व भन्सार तथा औद्योगिक तालिम केन्द्र टीकापुरमा तालिमरत आठ जना सशस्त्रका जवान शुक्रबार बिहान दौड्ने क्रममा बेहोस् भएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश डाँगीले बिहान ९ बजेतिर उनीहरू बेहोस् भएको जानकारी दिए ।
उनका अनुसार बेहोस हुनेमा तालिमरत जवान बलबहादुर बस्नेत, गणेश रावत, मनबहादुर बस्नेत, चिनबहादुर थामी, किरननाथ योगी, धिरज थापा, सुरेश शाही र भूपेन्द्र बस्नेत छन् ।
उनीहरूलाई तत्काल टीकापुर अस्पताल लगेर अक्सिजन दिइएको थियो भने नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको छ ।
अत्यधिक गर्मीका कारण प्रशिक्षार्थीलाई असहज भएको हुनसक्ने प्रहरीले जनाएको छ ।