arrow

गौरादह उद्योग वाणिज्य संघको निर्वाचन सम्पन्न

अध्यक्षमा खत्री निर्वाचित, यस्तो छ पूर्ण मतपरिणाम

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १० आइतबार
ishwar-khatri-gauradaha.jpg

काठमाडौँ ।  गौरादह उद्योग वाणिज्य संघको निर्वाचन २०८३ अन्तर्गत सम्पन्न मतगणनाको अन्तिम नतिजा सार्वजनिक गरिएको छ। निर्वाचनमा विभिन्न पदका उम्मेदवारबिच प्रतिस्पर्धा हुँदा अधिकांश पदमा स्पष्ट मतान्तरसहित विजयी घोषणा गरिएको छ।

अध्यक्ष पदमा ईश्वरकुमार खत्री २५४ मतसहित विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी दिलबहादुर खत्रीले १६८ मत प्राप्त गर्दा प्रकाश बाँस्कोटाले १५९ मत प्राप्त गरेका छन्।

प्रथम उपाध्यक्ष पदमा भानु सुवेदी २८८ मतसहित विजयी भएका छन् भने तारा कुमार श्रेष्ठले २८४ मत प्राप्त गरेका छन्। यो पदमा अत्यन्त प्रतिस्पर्धात्मक मतपरिणाम देखिएको थियो। द्वितीय उपाध्यक्ष पदमा अनिश कार्की ३५२ मतसहित विजयी बनेका छन् भने उनका प्रतिस्पर्धी मातृका भट्टराईले २२० मत प्राप्त गरेका छन्। त्यसैगरी, तृतीय उपाध्यक्ष पदमा प्रेम बहादुर बस्नेत ३१४ मतसहित विजयी भएका छन् भने शरद थापाले २५९ मत प्राप्त गरेका छन्।

महासचिव पदमा हरिचन्द्र अधिकारीले भारी मतसहित विजय हासिल गरेका छन्। उनले ३७४ मत प्राप्त गर्दा परमेश्वर शाहले १९५ मत प्राप्त गरेका छन्। त्यस्तै, कोषाध्यक्ष पदमा दीपक उप्रेती ३७८ मतसहित विजयी भएका छन् भने दुर्गा शाहले १८७ मत प्राप्त गरेका छन्।

सदस्य (खुल्ला) तर्फ सबैभन्दा बढी मत प्राप्त गर्ने ७ जना उम्मेदवारहरू विजयी भएका छन्। विजयी उम्मेदवारहरूमा लीला मणी घिमिरेले ३५७ मत, सुवास श्रेष्ठले ३६५ मत, भक्ती प्रसाद ढुंगानाले ३१२ मत, युवराज बास्तोलाले ३०५ मत, कृतेद्र ढुंगानाले ३८८ मत, लक्ष्मी प्रसाद उप्रेतीले २८३ मत र मोहन बराइलीले २७८ मत प्राप्त गरेका छन्। सदस्य (महिला) तर्फ निर्मला बास्कोटा (घिमिरे) २९२ मत र मुना पोखरेल २७५ मतसहित विजयी भएका छन्।

भूगोलतर्फ सदस्य (भूगोल, वडा नं। १) मा पुस्प लाल भारती १११ मतसहित विजयी भएका छन् भने सदस्य (भूगोल, वडा नं। ४, ५, ६) तर्फ दिल बहादुर श्रेष्ठ ६६ मत प्राप्त गरी विजयी भएका छन्। यसैगरी सदस्य (भूगोल वडा नं। २ र ३) तर्फ सुजन कार्की, (भूगोल वडा नं। ७ र ८) तर्फ शंकर प्रसाद अधिकारी र भूगोल वडा नं। ९ तर्फबाट गजेन्द्र ढुंगाना यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ