arrow

बागमती नदीमा बेपत्ता पाँचमध्ये दुई मृत भेटिए

logo
प्रिमेश शिवकोटी, 
प्रकाशित २०८३ जेठ १० आइतबार
rau-corpse-83-2-10.jpg

रौतहट । बागमती नदीमा बेपत्ता भएका पाँच जना युवकमध्ये दुई जनाको शव भेटिएको छ।  अन्य तीन  जना सकुशल भेटिएका छन् ।

बेपत्तामध्ये दुई जनाको शव भेटिएको इलाका प्रहरी कार्यालय कर्मैया सर्लाहीले बताएको छ ।

 लालबन्दी नगरपालिका–९ बस्तीपुरका १८ वर्षका रोहित महतो र सोही ठाउँका २० वर्षीय गणेश महतो मृत भेटिएका हुन्  । रोहितको शव सर्लाहीको बागमती नगरपालिका–११ स्थित पुल नजिकै आज आइतबार फेला परेको प्रहरीले बताएको छ।

त्यस्तै आइतबार साढे १ बजेतिर गणेशको शव पनि बागमती नदीको ड्याम साइडमा फेला परेको प्रहरीले जनाएको छ । 

 सर्लाहीको बरहथवा नगरपालिका–५ बस्ने २८ वर्षीय सहमद मोमिन, सोही ठाउँका २४ वर्षका मोहम्द अखतर र सर्लाहीको ब्रहमपुरी गाउँपालिका–३ का २० वर्षीय श्याम भण्डारी भने सकुशल भेटिएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ