arrow

द्रुतमार्गका लागि १७ अर्ब ६४ करोड बजेट विनियोजन

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
budget-swornim-wagle-15-02.jpg

काठमाडौँ। सरकारले काठमाडौँ-तराई-मधेस द्रुतमार्ग निर्माणका लागि १७ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले द्रुतमार्गअन्तर्गत ४० ओटा पुल निर्माण गरिने जानकारी दिएका हुन् ।

साथै, उक्त सडकमा ५दशमलव४ किलोमिटर सुरुङमार्ग पनि निर्माण गरिने उनले बताए ।

यस्तै सरकारले आगामी आर्थिक वर्षमा एक हजार ४० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको छ ।

यसैगरी ६७० मेगावाट जलविद्युत् आयोजना र ३७० मेगावाट सौर्य ऊर्जामार्फत उक्त परिमाणको विद्युत् उत्पादन गर्ने लक्ष्य तय गरिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ