arrow

सरकारको बजेट कार्यान्वयनयोग्य छैन : एमाले 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १५ शुक्रबार
padma-aryal-13.jpg

काठमाडौँ । नेकपा (एमाले)की सचिव एवं सांसद पद्माकुमारी अर्यालले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनयोग्य नरहेको टिप्पणी गरेकी छन्। सिंहदरबारमा सञ्चारकर्मीहरूसँग प्रारम्भिक प्रतिक्रिया दिँदै उनले यस्तो टिप्पणी गरेकी हुन्।

बजेटमा घोषणा गरिएका कार्यक्रमहरूका लागि पर्याप्त बजेट विनियोजन नगरिएको तथा कार्यान्वयनको कुनै स्पष्ट आधार समेत दिन नसकेको उनको भनाइ छ। उनले आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले नवीनताको नाममा मुलुकमा थप अन्योलता सिर्जना गरेको आरोप समेत लगाइन्।

सञ्चारकर्मीहरूसँग कुरा गर्दै सचिव अर्यालले भनिन्, “सरकारले अगामी आर्थिक वर्षको बजेटमा पुराना सरकारहरुले ल्याएका कार्यक्रमहरुको नाम परिवर्तन गरेर ल्याएको छ तर ती कार्यक्रमको लागि बजेट छुट्याइएको स्थिति छैन । कुनै कार्ययोजना पनि देखिँदैन । निरन्तरता पनि धेरै छैन । नवीनताको नाममा अन्योलता देखिन्छ ।”

अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ का लागि कुल २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट प्रस्तुत गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ