arrow

सशस्त्रका जवानसहित दुई जना बेपत्ता, महाकालीले बगाएको आशङ्का

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १७ आइतबार
mahakali-bipad-abhyash.jpg

काठमाडौँ ।  डडेल्धुराको परशुराम नगरपालिका–५ बाट सशस्त्र प्रहरीका एक जवानसहित दुई जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार बेपत्ता हुनेहरूमा परिगाउँस्थित सशस्त्र प्रहरी बलको बोर्डर आउट पोस्ट (बिओपी) मा कार्यरत प्रहरी जवान ओमप्रकाश पुन मगर र स्थानीय ५६ वर्षीय तीर्थबहादुर थापा मगर रहेका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) बरुणबहादुर सिंहले दिएको जानकारी अनुसार गत शुक्रबारदेखि सम्पर्कविहीन भएका यी दुवै जना नातामा मामा–भान्जा पर्ने बुझिएको छ।

महाकाली नदीको किनारमा उनीहरूले प्रयोग गरेको ट्युब फेला परेकाले नदीले बगाएर बेपत्ता पारेको हुन सक्ने बलियो आशङ्का गरिएको छ। 

डीएसपी सिंहका अनुसार सोही आशङ्काका आधारमा अहिले उनीहरूको खोजी कार्य व्यापक रूपमा सुरु गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ