arrow

रास्वपा सभापति लामिछानेले आज भाजपा नेतृत्वसँग भेटवार्ता गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ १९ मंगलबार
rabi-lamichhane-india-18-02.jpg

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने भएका छन् ।

भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेका सभापति लामिछाने नेतृत्वको प्रतिनिधिमण्डलले आज नयाँ दिल्लीस्थित भाजपा मुख्यालयमा उच्चस्तरीय नेताहरूसँग राजनीतिक भेटवार्ता गर्ने लागेको हो ।

भेटमा दुवै पक्षबीच दुई देशका लोकतान्त्रिक शक्ति, दलगत अनुभव, राजनीतिक सहकार्य र आपसी सम्बन्ध सुदृढीकरणका विषयमा छलफल हुनेछ ।

सभापति लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि सोमबार भारत पुगेका थिए ।

यद्यपि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेट निश्चित भइसकेको छैन।

सम्भावित भेटवार्तालाई लिएर दुवै देशबीचको राजनीतिक सम्बन्ध, आपसी हित र सहकार्यका विषयमा संवाद हुने अपेक्षा गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ