arrow

आज आउँदै कर्णालीको नीति तथा कार्यक्रम

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २० बुधबार
Karnali Province.jpg

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ।

मंगलबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेपछि बुधबार दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख यज्ञराज जोशीले प्रस्तुत गर्ने सरकारका प्रवक्ता तथा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाह ले जानकारी दिए।

प्रदेश सरकारले कर्णालीको मौलिकता, आवश्यकता र सम्भावनालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम ल्याउन लागेको जनाएको छ।
कार्यान्वयनयोग्य, छिटो प्रतिफल दिने तथा जनजीवनसँग प्रत्यक्ष जोडिएका कार्यक्रमलाई प्राथमिकतामा राखिएको सरकारको भनाइ छ।

यस्तै, मन्त्रिपरिषद् बैठकले सशस्त्र संघर्ष, जनआन्दोलन तथा प्रदेश प्राप्तिका लागि भएका विभिन्न आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता वितरण गर्न आवश्यक बजेट निकासा गर्ने निर्णय पनि गरेको छ।

निर्णयअनुसार घाइते व्यक्तिलाई जीवन निर्वाह विशेष भत्ता उपलब्ध गराउन चार करोड ७४ लाख ७२ हजार रुपैयाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराइनेछ।

उक्त रकम स्थानीय तहमार्फत वितरण गरी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिलाई राहत तथा सम्मानस्वरूप जीवन निर्वाहमा सहयोग पुर्‍याइने प्रदेश सरकारले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ