पश्चिमी चापीय रेखा र स्थानीय वायुको प्रभाव: देशभर बादली, मेघगर्जनसहित वर्षाको सम्भावना
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २८ बिहिबार
251
Shares
काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखाका साथै स्थानीय वायुको संयुक्त प्रभाव रहेको छ। यस मौसमी प्रणालीका कारण बुधबार देशका अधिकांश भागमा हल्का वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार अहिले देशभर साधारणतया बादल लाग्ने अवस्था रहेको छ।
आगामी समयमा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानहरूमा मौसम बदली भई वर्षाको सम्भावना छ। यसै गरी मधेस प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरूमा पनि मौसमी प्रभाव देखिनेछ।
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एक-दुई स्थानमा समेत मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले स्पष्ट पारेको छ।