कांग्रेसका पाँच लाख ३८ हजार क्रियाशील सदस्यता अद्यावधिक, एक लाख ४९ हजार प्रक्रियामा
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ २९ शुक्रबार
318
Shares
काठमाडौँ। नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक अभियानमा देशभर उत्साहजनक सहभागिता रहेको जनाएको छ। पार्टीले शुक्रबार राति १२ बजेसम्म पाँच लाख ३८ हजार ६२२ जना क्रियाशील सदस्यले एनसीआईडी प्राप्त गरिसकेको र एक लाख ४९ हजार ३०९ जनाको अद्यावधिक प्रक्रिया जारी रहेको जानकारी दिएको छ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार क्रियाशील सदस्यता अद्यावधिकका लागि योग्य कुल सात लाख ८२ हजार २०९ सदस्यमध्ये उक्त सङ्ख्याका सदस्यले वडा सभापतिमार्फत एनसीआईडी प्राप्त गरेका हुन्।
साथै, एक लाख ४९ हजार ३०९ जनाले स्वयं अद्यावधिक फारम पेश गरी वडा सभापतिमार्फत प्रमाणीकरणको प्रक्रियामा रहेका छन्।
कांग्रेसले इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाडी भूभाग, बारा र खोटाङ जिल्ला तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अद्यावधिक कार्यलाई थप व्यवस्थित गरिने जनाएको छ।
पार्टीले नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्म खुला रहनेसमेत स्पष्ट पारेको छ।
क्रियाशील सदस्यता अद्यावधिक अभियानलाई सफल बनाउन सक्रिय रूपमा सहभागी हुने सदस्य, कार्यकर्ता तथा सम्बन्धित सबैप्रति नेपाली कांग्रेसले धन्यवाद व्यक्त गरेको छ।
यस्तो छ विज्ञप्ति
जेठ २८, २०८३
प्रेस विज्ञप्ति
क्रियाशील सदस्यता अद्यावधिक सम्बन्धमा
नेपाली कांग्रेसको संगठनलाई थप सुदृढ, व्यवस्थित र प्रविधिमा आधारित बनाउने उद्देश्यका साथ सञ्चालन भएको क्रियाशील सदस्यता अद्यावधिक कार्यमा देशभर उत्साहजनक रुपमा अधिकांश क्रियाशील सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको छ।
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्न योग्य कुल ७ लाख ८२ हजार २०९ सदस्यहरूमध्ये आज राति १२:०० बजेसम्ममा वडा सभापति मार्फत ५ लाख ३८ हजार ६ सय २२ जनाले NCID प्राप्त गरिसक्नु भएको छ । १ लाख ४९ हजार ३ सय ९ जनाले स्वयं अद्यावधिक फारम पेश गरी वडा सभापति मार्फत अद्यावधिक कार्यको प्रक्रियामा रहेको छ ।
इन्टरनेटको पहुँचभन्दा बाहिर रहेका उच्च हिमाली क्षेत्रका केही जिल्लाहरू, विकट पहाडी भूभाग, बारा र खोटाङ जिल्ला तथा नेपाली कांग्रेससँग आबद्ध विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूमा जारी अद्यावधिक कार्यलाई थप व्यवस्थित गरिनेछ।
नयाँ क्रियाशील सदस्यता वितरण कार्य अर्को सूचना जारी नभएसम्मका लागि खुल्ला रहनेछ।
यस महत्वपूर्ण अभियानलाई सफल बनाउन सक्रिय रूपमा सहभागी हुनुहुने सबैप्रति नेपाली कांग्रेस हार्दिक धन्यवाद व्यक्त गर्दछ ।