arrow

विश्वकप फुटबलमा अमेरिका आक्रामक, पाराग्वेमाथि दुई गोलको अग्रता 

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३० शनिबार
wcf-2026-usa-paraguay11.jpg
तस्बिर : एपी ।

काठमाडौँ । विश्वकप फुटबलमा अहिले आयोजक अमेरिका र पाराग्वे भिडिरहेका छन् । खेल अमेरिकाको सोफी स्टेडियममा भइरहेको छ । 

अमेरिका मध्यान्तर सकिनुअघि नै २-० ले अगाडि रहेको छ । खेलको ७ मिनेटमै पाराग्वेका खेलाडी डामिन बोबाडिलाले आत्मघाती गोल गरेसँगै अमेरिका अग्रता लिन सफल भएको हो । 

३१ औँ मिनेटमा फोलारिन बालोगुनले गोल गर्दै अमेरिकालाई २-० ले अग्रता दिलाए । 

यो समूह डीको खेल हो । अमेरिकाले ११ औँ पटक विश्वकप खेलिरहेको हो ।

अमेरिका विश्वकपको पहिलो संस्करणमा सन् १९३० मा तेस्रो भएको थियो । त्यसपछि त्यो स्थानमा कहिल्यै पुग्न सकेन । धेरैजसो त छनोट नै भएन । 

पाराग्वे आठौँ पटक विश्वकप खेलिरहेको छ । सन् १०१० मा पाराग्वे क्वार्टरफाइनलसम्म पुगेको थियो । 

यसअघि आज बिहान सम्पन्न खेलमा सहआयोजक क्यानडाले बोस्निया एन्ड हर्जगोबिनासँग बराबरी खेलेको थियो । 

समूह बीको क्यानडाको बीएमओ फिल्डमा भएको खेल १–१ गोलको बराबरीमा सकिएको हो । उक्त खेल हेर्न ४३ हजार २ दर्शक पुगेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ