महिला टी–२० विश्वकप क्रिकेट शुरू, इङ्गल्याण्डको शानदार शुरूआत
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३० शनिबार
174
Shares
काठमाडौँ । महिला टी–२० विश्वकप क्रिकेट प्रतियोगिता इङ्गल्याण्डमा शुरू भएको छ । उद्घाटन खेलमा आयोजक इङ्गल्याण्ड विजयी भएको छ ।
इङ्गल्याण्डले श्रीलंकामाथि ८७ रनको जित हासिल गरेको हो । पहिले ब्याटिङ गरेको घरेलु टिमले १ विकेटको क्षतिमा २१९ रन बनायो । डेनी म्याट हजले ६२ बलमा अविजित रहँदै १०५ रन जोडिन् ।
पहिलो विकेटका लागि १३५ रनको साझेदारी गर्ने क्रममा एमी जोन्सले ३८ बलमा ५३ रन बनाइन् ।
त्यस्तै कप्तान नाट सिभर ब्रन्टले २२ बलमा अविजित रहँदै ४६ रन जोडिन् । जवाफमा श्रीलंकाले अलआउट हुँदै १३२ रनमात्र बनाउन सक्यो । निलाक्षिका नुथ्यंगनाले सर्वाधिक ३९ रन बनाएको इनिङ्समा फ्रेया केम्पले २२ रन खर्चेर ४ विकेट लिइन् ।