काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजहरूको अधिकतम थोक मूल्य निर्धारण गरेको छ। समितिले सार्वजनिक गरेको मूल्य सूची अनुसार दैनिक उपभोग्य तरकारी तथा फलफूलहरूको मूल्य यस प्रकार रहेको छ ।
कालीमाटी बजारमा आज ठुलो नेपाली गोलभेँडाको अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ तोकिएको छ। यस्तै, लोकल सानो गोलभेँडा प्रतिकिलो २० रुपैयाँ र टनेलको सानो गोलभेँडा ३५ रुपैयाँ कायम भएको छ। रातो लाम्चो आलु प्रतिकिलो ३८ रुपैयाँ, रातो गोलो आलु ३५ रुपैयाँ, मुढेको रातो आलु ३५ रुपैयाँ, सेतो आलु ३० रुपैयाँ र भारतीय सुकेको प्याज प्रतिकिलो ४२ रुपैयाँमा कारोबार भइरहेको छ।
लोकल गाजर प्रतिकिलो ९० रुपैयाँ, लोकल बन्दा ६० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, रातो मूला ४० रुपैयाँ, हाइब्रिड सेतो मूला २० रुपैयाँ, लाम्चो भन्टा ३० रुपैयाँ र डल्लो भन्टाको मूल्य ३५ रुपैयाँ तोकिएको छ।
गेडागुडी तथा अन्य तरकारीतर्फ तने बोडी प्रतिकिलो ३० रुपैयाँ, मकै बोडी ४० रुपैयाँ, लोकल र हाइब्रिड घिउ सिमी ५० रुपैयाँ, राजमा सिमी १०० रुपैयाँ, टाटे सिमी ८० रुपैयाँ, भटमास कोसा १२० रुपैयाँ र मटरकोसा १४० रुपैयाँ कायम गरिएको छ। यसै गरी तीते करेला, लौका, लोकल र तराईको परवर तथा इस्कुसको मूल्य समान ५० रुपैयाँ प्रतिकिलो छ। चिचिण्डो ४० रुपैयाँ, घिरौँला ६० रुपैयाँ, झिगुनी ७० रुपैयाँ, पाकेको फर्सी ६० रुपैयाँ, लाम्चो हरियो फर्सी ६० रुपैयाँ, डल्लो हरियो फर्सी ३० रुपैयाँ, भिन्डी ३० रुपैयाँ, सखरखण्ड १२० रुपैयाँ र पिँडालु १०० रुपैयाँ तोकिएको छ।
रायोको साग प्रतिकिलो ४० रुपैयाँ, पालुङ्गो ७० रुपैयाँ, चमसुरको साग ८० रुपैयाँ, तोरीको साग ६० रुपैयाँ र हरियो प्याज १०० रुपैयाँ निर्धारण गरिएको छ। च्याउतर्फ कन्य च्याउ प्रतिकिलो २५० रुपैयाँ, डल्ले च्याउ ३७० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र महँगो मानिने सिताके च्याउको मूल्य प्रतिकिलो १ हजार रुपैयाँ तोकिएको छ।
बजारमा कुरिलो प्रतिकिलो ३५० रुपैयाँ, निगुरो १०० रुपैयाँ, ब्रोकाउली १०० रुपैयाँ, चुकन्दर ६० रुपैयाँ, सजीवन १२० रुपैयाँ, रातो बन्दा ४० रुपैयाँ, जिरीको साग १०० रुपैयाँ, सेलरी १३० रुपैयाँ, पार्सले २२० रुपैयाँ, सौफको साग ९० रुपैयाँ, पुदिना १२० रुपैयाँ, गान्टेमूला ८० रुपैयाँ, इमली १८० रुपैयाँ, तामा १५० रुपैयाँ, तोफु १६० रुपैयाँ र गुन्द्रुक प्रतिकिलो ३५० रुपैयाँ तोकिएको छ।
फलफूुलतर्फ फुजी स्याउ प्रतिकिलो ३०० रुपैयाँ, नेपाली केरा प्रतिदर्जन २०० रुपैयाँ र मालभोग केरा प्रतिदर्जन २२० रुपैयाँमा बिक्री भइरहेको छ। यस्तै, कागती प्रतिकिलो १८० रुपैयाँ, अनार ४२० रुपैयाँ, मालदह आँप ९० रुपैयाँ, दशहरी आँप ११० रुपैयाँ, हरियो तरबुजा ५० रुपैयाँ, जुनार २२० रुपैयाँ, भुइँकटहर २०० रुपैयाँ, लोकल काँक्रो ८० रुपैयाँ, हाइब्रिड काँक्रो २० रुपैयाँ, लोकलक्रस काँक्रो ६५ रुपैयाँ, रुखकटहर ५० रुपैयाँ, चाइनिज नासपाती २५० रुपैयाँ, नेपाली मेवा ९० रुपैयाँ, भारतीय मेवा १०० रुपैयाँ, लोकल लिची २५० रुपैयाँ, भारतीय लिची ३०० रुपैयाँ, काँचो नरिवल ८० रुपैयाँ र हरियो नरिवल प्रतिगोटा १७० रुपैयाँ निर्धारण गरिएको छ।
अदुवा प्रतिकिलो १३० रुपैयाँ, सुकेको खुर्सानी ५०० रुपैयाँ, लाम्चो हरियो खुर्सानी ५० रुपैयाँ, बुलेट हरियो खुर्सानी ४० रुपैयाँ, माछे खुर्सानी ७० रुपैयाँ, अकबरे खुर्सानी ३०० रुपैयाँ र भेडेखुर्सानी ८० रुपैयाँ कायम भएको छ। हरियो लसुन प्रतिकिलो २०० रुपैयाँ, हरियो धनियाँ ११० रुपैयाँ, चिनियाँ सुकेको लसुन २२० रुपैयाँ र नेपाली सुकेको लसुन १८० रुपैयाँ तोकिएको छ। माछातर्फ सुकेको माछा प्रतिकिलो १ हजार रुपैयाँ, ताजा रहु माछा ३४० रुपैयाँ, बचुवा माछा ३०० रुपैयाँ र छडी माछा प्रतिकिलो २५० रुपैयाँ निर्धारण गरिएको छ।