arrow

टी–२० महिला विश्वकपः अष्ट्रेलिया र वेष्ट इन्डिजको विजयी शुरूआत

logo
हाम्रा कुरा
प्रकाशित २०८३ जेठ ३१ आइतबार
t20wc-w-nz-wi.jpg

बर्मिङ्घम । इङ्गल्याण्डमा जारी टी–२० महिला विश्वकप क्रिकेटमा अष्ट्रेलिया र वेष्ट इन्डिजले विजयी शुरूआत गरेका छन् । 

पहिलो खेलमा अष्ट्रेलियाले दक्षिण अफ्रिकालाई र वेष्ट इन्डिजले न्यूजिल्याण्डलाई हरायो । 

अष्ट्रेलिया ६५ रनले विजयी भएको हो । पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ८ विकेटको क्षतिमा १७२ रन बनायो । फोबे लिचफिल्डले ५०, एलिसी पेर्रीले ३६ तथा जर्जिया वारेहामले ३२ रन जोडिन् । जवाफमा दक्षिण अफ्रिका १०७ रनमै रोकियो । अलराउन्डर १३ रन खर्चेर ३ विकेट लिएकी वारेहाम प्लेयर अफ द म्याच भइन् । 

अर्को खेलमा वेष्ट इन्डिजले न्यूजिल्याण्डलाई ७ विकेटले हरायो । पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ६ विकेटको क्षतिमा १६२ रन बनायो । ब्रोक हालिडेले ४० रन बनाइन् । अलिया अलियानेले ४ विकेट लिइन् । 

जवाफमा वेष्ट इन्डिजले शेमाइने क्याम्पबेल्लेको अविजित ९० रनको मद्धतले ३ विकेटको क्षतिमै जित हासिल गर्यो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ