संसद हल तयार नभएपछि जंगिए सभामुख, दैनिक करोड जरिबाना तिराउने चेतावनी [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८३ असार १ सोमबार
504
Shares
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले सिंहदरबारमा निर्माणको अन्तिम चरणमा रहेको संसद् हलको निरीक्षण गरेका छन् ।
संसद् सचिवालयका कर्मचारीहरुसहित उनी निरीक्षणमा पुगेका हुन् । गत जेठ १५ गते यही हलबाट बजेट सार्वजनिक गर्ने भनिए पनि अहिलेसम्म तयार भएको छैन।
त्यसक्रममा सभामुख अर्यालले हल कुन दिन तयार गर्ने यकिन मिति भन्न निर्देशन दिए । नभए हरेक दिन एक करोड जरिबाना तिराउने चेतावनी दिए ।
सहरी विकास मन्त्री र सचिवलाई तत्काल बोलाएर काम सक्न उनले निर्देशन दिए । उनले भने, 'रातदिन काम गरेर भए पनि बोलेको कुरा त पुर्याउनुपरो नि। बहाना बनाइरहनुहुन्छ। तपाईंहरुले हामीलाई नटेरेको होला। यो त अपमान भएन र ? राष्ट्रकै अपमान हो यो। अब मलाई निष्कर्ष चाहियो- यहाँ म टेक्दा पनि टेक्दिन।'