arrow

विश्वकपमा डेब्यु टिम जोर्डनको गोल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
jordan-austria-03-03.jpg

काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह ‘जे’ अन्तर्गत भएको खेलमा अष्ट्रियाले जोर्डनलाई ३-१ ले पराजित गर्दै शानदार जित दर्ता गरेको छ। खेलको शुरूआतमै अष्ट्रियाले अग्रता लिएको थियो।

२०औँ मिनेटमा राउल श्मिडले गोल गर्दै अष्ट्रियालाई १-० को अग्रता दिलाएका थिए। दोस्रो हाफमा जोर्डनले ५० औँ मिनेटमा अली ओल्वानको गोलमार्फत खेललाई १-१ को बराबरीमा ल्याएको थियो। योसँगै विश्वकपको डेब्यु खेलमा जोर्डनले गोलको खाता खोल्न सफल भएको छ । 

तर खेलको निर्णायक मोड ७७ औँ मिनेटमा आएको थियो, जब जोर्डनका याजान अल अरबले आत्मघाती गोल गरेपछि अष्ट्रिया फेरि अग्रतामा पुगेको हो।

त्यसपछि अतिरिक्त समयको ९०+१२ औँ मिनेटमा मार्को आर्नाउतोभिचले पेनाल्टीमार्फत गोल गर्दै अष्ट्रियाको जित ३-१ ले पक्का गरेका थिए।

यस जितसँगै अष्ट्रियाले समूह चरणमा महत्वपूर्ण तीन अंक जोड्दै प्रतियोगितामा बलियो शुरूआत गरेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ