राष्ट्र बैंकले आजै निक्षेप सङ्कलन उपकरण निष्कासन गर्दै
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३ बुधबार
150
Shares
काठमाडौँ। नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले ४५ अर्ब रुपैयाँ बराबरको निक्षेप सङ्कलन उपकरणको बोलकबोल तथा निष्कासन गर्ने आह्वान गरेको छ।
विभागले एक सार्वजनिक सूचना जारी गर्दै आजै दिउँसो ३:०० बजेदेखि अनलाइन विडिङ मार्फत बोलकबोल प्रक्रियामा सहभागी हुन सक्ने जनाएको हो। राष्ट्र बैंकका अनुसार यस उपकरणको ब्याजदर भने बोलकबोलको माध्यमबाटै निर्धारण हुनेछ।
यस निक्षेप सङ्कलन उपकरणमा सहभागी हुन चाहने संस्थाहरूले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि बोलकबोल गर्न सक्नेछन्।
राष्ट्र बैंकले जारी गरेको यस बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ।