arrow

नेपालको मौसममा दोहोरो रूप: कहीँ मेघगर्जनसहित वर्षा, कहीँ अत्यधिक गर्मीको सम्भावना

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
meteorological-forcasting-d.jpg

काठमाडौँ ।  हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय वायु तथा पूर्वीय वायुको समेत आंशिक प्रभाव रहेको छ। 

मौसम पूर्वानुमान महाशाखाका आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने कोशी र मधेस प्रदेशका तराई भू-भागमा आंशिक बदली हुनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा भने मौसम मुख्यतया सफा रहने देखिन्छ।

कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना रहेको छ। यसैगरी, कोशी र मधेस प्रदेशको तराईका एक-दुई स्थानमा पनि मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुन सक्नेछ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थानहरू तथा बागमती र गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा तातो दिन (हिट वेभ) हुने सम्भावना छ।

राति कोशी प्रदेशमा साधारणतया बादल लाग्नेछ। देशका अन्य हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ भने बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। साथै, कोशी प्रदेशको तराईका थोरै स्थानहरूमा समेत मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ