-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौँ । विश्वकप फुटबलमा घानाले सनसनीपूर्ण जित निकालेको छ । आफ्नो पहिलो खेलमा घानाले पानामालाई बिहीबार बिहान १–० ले हरायो ।
खेलको निर्धारित समयसम्म गोलरहित बराबरीको निरश खेलमा इन्जुरी समयको पाँचौँ मिनेटमा कालेब यिरेन्केयीले गरेको आक्रमण गोलमा परिणत भएको थियो ।
ब्रान्डन थोमसको पासमा कालेबले गोल गरेका हुन् ।
पानामाले ५६ प्रतिशत बल आफ्नो पक्षमा पारेको भए पनि जित भने हासिल गर्न सकेन ।
समूह एलको यो जितसँगै घाना ३ अंकसहित दोस्रो स्थानमा रहेको छ । पहिलो स्थानको इङ्गल्याण्डले बिहीबार बिहानै क्रोएसियालाई ४–२ ले हराएको थियो ।