arrow

विश्वकपमा कोलम्बियाको विजयी शुरूआत, डेब्यु खेलमै उज्वेकिस्तानको गोल

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार ४ बिहिबार
wcf-2026-col-uz.jpg

काठमाडौँ । विश्वकप फुटबलमा कोलम्बियाले विजयी शुरूआत गरेको छ । समूह केको खेलमा कोलम्बियाले डेब्यु टिम उज्वेकिस्तानमाथि ३–१ को जित हासिल गरेको हो । 

खेलको ४० औँ मिनेटमा डानियल मुनोजको गोलमा कोलम्बियाले प्रारम्भिक अग्रता लियो । मुनोजले लुइस डियाजको पासमा गोल गरेका हुन् । 

६० औँ मिनेटमा अब्बोसबेक फाजुलाएभले उज्वेकिस्तानलाई गोल दिलाए । यो विश्वकपमा उज्वेकिस्तानको पहिलो गोल हो । 

त्यसपछि भने कोलम्बियाले दुई गोल गर्यो । दियाजले गुस्ताभो पुएर्टाको पासमा ६० औँ मिनेटमा गोल गरे । 

त्यस्तै इन्जुरी समयको नवौँ मिनेटमा हुवा क्यामिलो हर्नान्डेजको पासमा जामिल्टन अम्पाजले गोल गरे । 

कोलम्बियाले साढे ६१ प्रतिशत बल आफ्नो नियन्त्रणमा लिएको थियो । 

यो समूहमा पोर्चुगल र डीआर कंगो पनि रहेका छन् । दुवैेले एक एक गोलको बराबरी खेलेका थिए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ