बाबुराम, प्रदीप, वर्षमान र उपेन्द्र कार्यक्रमस्थलमा
हाम्रा कुरा
प्रकाशित २०८३ असार ७ आइतबार
278
Shares
काठमाडौँ । चितवनको भरतपुरमा आजदेखि सुरु हुन लागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागी हुन विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरू भरतपुर पुग्ने क्रम तीव्र बनेको छ।
महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन कार्यक्रमस्थल गेस्टहाउस चौर पुगिसकेका छन्।
यसै गरी, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सीके) राउत पनि महाधिवेशनमा सहभागी हुन चितवन पुगिसकेका छन्।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापा पनि केही बेरमै चितवन पुग्ने कार्यक्रम रहेको छ। रास्वपाले आफ्नो पहिलो महाधिवेशनमा देशका प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई निमन्त्रणा गरेको थियो, जसका कारण भरतपुरमा आज राजनीतिक दलका प्रमख नेताहरूको बाक्लो उपस्थिति देखिएको छ।