arrow

रास्वपा केन्द्रीय सदस्यका लागि चार सय बढीको उम्मेदवारी, नामावली प्रकाशन गरिँदै

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
rsp-83-3-9ppp.jpg

चितवन । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। पार्टीको ९९ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि चार सयभन्दा बढी आकाङ्क्षीहरूले उम्मेदवारी दर्ता गराएका छन्।

रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार राति अबेरसम्म मनोनयन दर्ताको काम भइरहेकाले पहिलो चरणको नामावली प्रशोधन गर्ने कार्य जारी रहेको थियो।

“हामी उम्मेदवारहरूको एकिन सङ्ख्या निकाल्ने प्रक्रियामा छौँ, हालसम्म चार सयभन्दा बढीको उम्मेदवारी परेको छ,” प्रमुख निर्वाचन आयुक्त केसीले जानकारी दिँदै भने, “दर्ता भएका उम्मेदवारहरूको परिमार्जित नामावली आज बिहान ९:०० बजे औपचारिक रूपमा प्रकाशन गरिनेछ।”

महाधिवेशनको निर्वाचन कार्यतालिका अनुसार पहिलो चरणमा प्रतिनिधिहरूले मतदानमार्फत ९९ जना केन्द्रीय सदस्यहरू निर्वाचित गर्नेछन्। त्यसपछि, दोस्रो चरणमा तिनै निर्वाचित ९९ जना केन्द्रीय सदस्यहरूमध्येबाट पार्टीको नयाँ पदाधिकारी (सभापति, उपसभापति, महामन्त्री लगायत) चयन गरिने कानुनी व्यवस्था छ।

यस पटक रास्वपाले निर्वाचन प्रक्रियालाई प्रविधिमैत्री र पूर्ण रूपमा पारदर्शी बनाउन विद्युतीय मतदान उपकरण (भोटिङ मेसिन) को प्रयोग गर्दै छ। यसका साथै, प्रवासमा रहेका र महाधिवेशनमा भौतिक रूपमा उपस्थित हुन नसकेका पार्टीका प्रतिनिधिहरूका लागि 'एप' मार्फत मतदान गर्न पाउने विशेष डिजिटल व्यवस्था मिलाइएको छ। निर्वाचनमा देशभरि र प्रवासबाट आएका गरी करिब चार हजारको हाराहारीमा प्रतिनिधिहरूले मतदान गर्दै छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ