arrow

रास्वपा महाधिवेशनको सकस

समयमा मतदान नभएपछि प्रतिनिधि टिकाउन नाचगानमा मन्त्रीदेखि पदाधिकारीसम्म [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १० बुधबार
rsp-general-meeting-4th-day-83-3-10 (16).JPG
तस्बिर – नेपाल फोटो लाइब्रेरी ।

चितवन । फास्ट ट्रयाकमा काम गरेको भन्न रुचाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र रास्वपाको सरकारको गति चितवनमा छरपष्ट भएको छ । तीन दिनका लागि भनेर डाकिएको पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनमा चौथो दिन बित्न लाग्दासमेत निर्वाचन हुन सकेको छैन । 

पार्टीले जेसुकै बहाना गरे पनि समयमा महाधिवेशन त सकिएन नै थप दुई दिनमा पनि चुनाव सकिनेमा शंका देखिएको छ ।  

विद्युतीय माध्यमबाट मतदान गरिने भएको छ। मतदानका लागि ८० वटा विद्युतीय मेसिन तयारी अवस्थामा राखिएको छ। एक जना प्रतिनिधिलाई आफ्नो मत दिन करिब १० देखि १५ मिनेटसम्म समय लाग्न सक्ने अनुमान गरिएको छ। 

सोही आधारमा राति ८:३० बजेदेखि मतदान प्रक्रिया शुरू गर्ने तयारी गरिएको छ। प्रतिनिधिहरूलाई मतदान प्रक्रियाबारे जानकारी गराउन तथा अभ्यास गराउन डेमो सञ्चालन भएको छ । 

बुधबार रातिमात्र मतदान हुने भएपछि आत्तिएका महाधिवेशन प्रतिनिधिलाई टिकाइराख्न मन्त्रीदेखि पदाधिकारीहरू नाचगान गरिरहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्री नेहा शर्मा र कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतम पनि प्रतिनिधिहरूसँग नाचगान तथा भेटघाटमा सहभागी भएको देखियो।

 कोही न कोही कुनै न कुनै गतिविधिमा व्यस्त देखिएका छन्। कोही हलभित्र विश्राम गरिरहेका छन् भने कोही नाचगान र अनौपचारिक भेटघाटमा सहभागी भएका छन्।

rsp-general-meeting-4th-day-83-3-10 (6).JPG
rsp-general-meeting-4th-day-83-3-10 (7).jpg
rsp-general-meeting-4th-day-83-3-10 (8).jpg
rsp-general-meeting-4th-day-83-3-10 (9).JPG
rsp-general-meeting-4th-day-83-3-10 (10).jpg
rsp-general-meeting-4th-day-83-3-10 (11).JPG
rsp-general-meeting-4th-day-83-3-10 (12).JPG
rsp-general-meeting-4th-day-83-3-10 (13).JPG
rsp-general-meeting-4th-day-83-3-10 (14).JPG
rsp-general-meeting-4th-day-83-3-10 (15).JPG
rsp-general-meeting-4th-day-83-3-10 (16).JPG
rsp-general-meeting-4th-day-83-3-10 (17).JPG
rsp-general-meeting-4th-day-83-3-10 (18).jpg
rsp-general-meeting-4th-day-83-3-10 (19).JPG
rsp-general-meeting-4th-day-83-3-10 (20).JPG
rsp-general-meeting-4th-day-83-3-10 (21).jpg
rsp-general-meeting-4th-day-83-3-10 (22).JPG
rsp-general-meeting-4th-day-83-3-10 (23).JPG
rsp-general-meeting-4th-day-83-3-10 (24).jpg
rsp-general-meeting-4th-day-83-3-10 (1).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ