arrow

त्रिवेणीमा फोर्स जीप दुर्घटना, आठ जना घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १३ शनिबार
accident-final.jpg

त्रिवेणी । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–६ डाँगीमोडस्थित राप्ती राजमार्गमा ‘फोर्स जीप’ दुर्घटना हुँदा चालकसहित आठ जना घाइते भएका छन् । 

शुक्रबार साँझ दाङको तुल्सीपुरबाट मुसिकोट खलङ्गातर्फ आउँदै गरेको लु २ ख ४९८० नम्बरको सो सवारी साधन अनियन्त्रित भई सडकमा पल्टिएको थियो । 

 घाइतेको  जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको र दुर्घटनासम्बन्धी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ