arrow

कोलम्बिया र पोर्चुगलले खेले गोलरहित बराबरी, दुवै नकआउटमा

logo
हाम्रा कुरा
प्रकाशित २०८३ असार १४ आइतबार
wcf-2026-columbia-portugal.jpg

काठमाडौँ । विश्वकप फुटबलमा पोर्चुगल र कोलम्बियाले बराबरी खेलेका छन् । आइतबार बिहान भएको खेल गोलरहित बराबरीमा सकिएको हो । कोलम्बियाका गोलकिपरले केही उत्कृष्ट बचाउ गरेसँगै खेल बराबरीमा सकिएको हो । 

कोलम्बियाका प्रहारलाई पनि पोर्चुगलका गोलकिपरले रोकेका थिए । कोलम्बियाले ६ प्रहार र पोर्चुगलले दुई प्रहार खेल फालेको थियो । खेलमा कोलम्बिया नै हावी देखियो । कोलम्बियाले साढे ५४ प्रतिशत बल आफ्नो नियन्त्रणमा पार्न सफल भएको थियो । 
 
यो नतिजासँगै कोलम्बिया ७ अंकसहित समूह विजेता बन्दै नकआउटमा पुगेको छ भने पोर्चुगल ५ अंकसहित उपविजेता बन्दै अन्तिम ३२ मा पुगेको छ । 

यो समूहको अर्को खेलमा आजै डीआर कंगोले उज्बेकिस्तानलाई ३–१ ले हरायो । 

उज्बेकिस्तानले खेलको १० मिनेटमै गोल गरे पनि कंगोले मध्यान्तरपछि तीन गोल गर्न सफल भएको थियो । 

कंगोको ४ अंक रह्यो भने उज्बेकिस्तान अंकविहीन भयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ